एजेन्सी - भारत, उत्तर प्रदेशको लखीमपुर खिरीका किसाानहरूले सरकारलाई दिएको अल्टिमेटम सकिएपछि आजदेखि फेरि आन्दोलन थालेका छन् ।

आन्दोलनका क्रममा उनीहरूले लखीमपुरको खिरीमा ब्यापक प्रदर्शन गरेका छन् । सरकार विरूद्ध चर्को नारा लगाउँदै आन्दोलमा उत्रेका प्रदर्शनकारीले यातायात सेवा समेत अवरूद्ध पारेका छन् ।

प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा ब्यबस्था निकै कडा तुल्याईएको छ । यसअघि भएको आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको थियो ।

केन्द्रिय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्राको गाडीले किचेर ४ जनाको मृत्यु भएको आरोपमा उनलाई पक्राउ गरिएको छ । किसानले चार वटा माग राखेर आन्दोलन जारी राखेकै बेला अप्रिय घटना भएको थियो ।

भारतमा केन्द्र सरकारले ल्याएको कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै किसान आन्दोलित हुँदै आएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार