काठमाडाैँ - उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । आक्रमणमा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले शिया धर्मावलम्बीको मस्जिदमा विस्फोट भएको बताका छन् ।

अहिले घटनास्थलमा सुरक्षा बलले घेरा हालेर अनुसन्धान सुरु गरेको छ । गएको अगस्टमा तालिबान समूहले अफगानिस्तान कब्जा गरेपछि सुरक्षा अवस्था कमजोर बनेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार