काठमाडौँ – यस वर्षको नोबेल शान्ति पुरस्कार दुईजना पत्रकारलाई दिइने भएको छ । नोबेल पुरस्कारको कमिटीले शुक्रबार पत्रकारद्वय मारिया रेस्सा र दिमित्री मुरातोवले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप दुवैलाई यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ – दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’
मारिया रेस्सा फिलिपिन्सकी चर्चित पत्रकार हुन् जसले रेपलर नामको वेबसाइट चलाउँछिन् । सरकारसँग कडा प्रश्न गरेका कारण उनले फिलिपिन्समा कयौँ अप्ठ्याराहरु भोग्नु परेको छ । रेस्साको जन्म फिलिपिन्समा भए पनि उनी सानैमा अमेरिका पुगेकी थिइन् । त्यहाँ उनले प्रिन्सटन विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् ।
दिमित्री मुरातोव पनि पत्रकार हुन् र उनले नोवाजा गजेता नामको एक स्वतन्त्र अखबारको स्थापना गरेका छन् । उनी दशकौँदेखि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् ।
BREAKING NEWS:
— The Nobel Prize (@NobelPrize) October 8, 2021
The Norwegian Nobel Committee has decided to award the 2021 Nobel Peace Prize to Maria Ressa and Dmitry Muratov for their efforts to safeguard freedom of expression, which is a precondition for democracy and lasting peace.#NobelPrize #NobelPeacePrize pic.twitter.com/KHeGG9YOTT
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...