एजेन्सी- जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जानकारी दिएको छ ।
भूकम्पको केन्द्रविन्दु चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ ।
स्थानीय समयअनुसार बेलुका १०.४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्रसितसमेत भएका थिए ।
भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन ।
भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...