एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी देशहरूमा मलेरिया विरुद्धको खोपलाई स्वीकृति दिएको छ । धेरै वर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसँगै अफ्रीकी मुलुकका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

डब्ल्युएचओले खोपको स्वीकृतिलाई ऐतिहासिक सफलता भनेको छ । अफ्रिकामा मलेरियाका कारण सबैभन्दा धेरै मानवीय क्षति हुने गरेको छ । आरटिएस–एस नाम गरेको खोप ६ वर्ष पहिले नै प्रभावकारी प्रमाणित भएको भएपनि खोपले बल्ल स्वीकृति पाएको हो ।

डब्लुएचओले खोप सब–सहारा अफ्रिकी क्षेत्रसँगै मलेरियाको संक्रमण दर उच्चदेखि मध्यम रहेका अरू क्षेत्रमा पनि खोप लगाउन सकिने बताएको छ ।

डब्लुएचओका प्रमुख डा। ट्रेडरोज आह्नोम गेब्रेयेसस्ले बालबालिकामा मलेरियाविरुद्धको खोपले स्वीकृति पाउनु विज्ञान, बाल स्वास्थ्य र मेलेरिया नियन्त्रणका लागि कोशेढुंगाा सावित हुने बताएका छन् ।

सन् २०१९ मा मलेरियाका कारण अफ्रिकामा दुई लाख ६० हजारभन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।

विश्वमा हरेक वर्ष २२ करोड ९० लाख मानिस मलेरियाबाट संक्रमित हुने गरेका छन भने त्यसमध्ये ९४ प्रतिशत संक्रमित अफ्रिकीहरू हुने गरेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार