तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ७ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले सन् २००१ मा आजकै दिनबाट शुरू गरे अपरेसन 'एनड्यूरिंग फ्रिडम' अर्थात अफगानिस्तानको बर्बादी । 

अमेरिकाले ११ सेप्टेम्बरको हमलाका कारण भएको क्षतिको दोषी अफगानिस्तान र अल कायदालाई देख्यो । तत्कालीन समयमा अफगानिस्तानको झण्डै ९० प्रतिशत भागमा शासन गरिरहेको तालिबानको अन्त्य र अल कायदाको नेटवर्क ध्वस्त पार्नका लागि भन्दै अमेरिकाले अफगानमाथि युद्ध थोपर्यो । 

अल कायदा तालिबानलाई अफगानिस्तानमा नार्दर्न अलायन्ससँग लड्न मद्दत गरिरहेको समेत अमेरिकाको दाबी थियो । यद्यपि तालिबानले तत्कालीन समयमा ओसामा बिन लादेनलाई देश छोड्न निर्देशन गर्ने बतायो तर हमलाको सबुत बिना उनलाई अमेरिकाको जिम्मा लाउन नसकिने तालिबान सरकारको जिकिर थियो । 

तत्पश्चात अमेरिकाले अब थप कुराकानीको गुञ्जायस नरहेको बताउँदै ७ अक्टोबरबाट अफगानिस्तानमाथि हमला गरिदियो । उनको साथमा ब्रिटेनको सेना समेत अफगानिस्तानमा दाखिला भयो । 

कालान्तरमा जर्मनी र अन्य पश्चिमी देशहरू समेत अमेरिकाको यो युद्धमा मिसिए । योसँगै तत्कालीन तालिबान सरकारका सदस्यहरूमाथि आक्रमण शुरू भयो । यद्यपि तालिबान सदस्यहरू भागेर दूर(दराजका पहाडी इलाका र पाकिस्तानको सीमावर्ती इलाकाहरूमा लुकीछिपी बस्न थाले । 

डिसेम्बर २००१ मा संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल, आईसैफको गठन गरी अफगानिस्तानको सुरक्षा र अफगानिस्तानको राष्ट्रिय सेनालाई प्रशिक्षण गर्ने जिम्मा दियो । 

झण्डै १ दशकपछि अमेरिकाले ओसमा बिन लादेनको हत्या गरेसँगै अमेरिका अफगानिस्तानबाट फर्किनुपर्ने भएपनि उसले अफगानिस्तान युद्ध जारी राख्यो । त्यो युद्ध अर्को एक दशक लम्बियो र सन् २०२१ मा बल्ल अमेरिकी सेना अफगानिस्तानबाट फर्कियो । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार