Author

इंग्लिस प्रिमियर लिगमा लिभरपुल फुटबल क्लवले बुधबार बर्नलीलाई सजिलै ३–० ले हराउँदै शीर्ष चारमा प्रवेश गरेको छ । यो जितपछि लिभरपुलको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनेको छ । 

खेलमा लिभरपुलका लागि रोबर्टो फिरमिनो, नथाएल फिलिप्स र एलेक्स अक्सलेड च्याम्बरलिनले गोल गरे । यो जितपछि लिभरपुलको ६६ अंक भएको छ । लेस्टर सिटीको पनि समान ६६ अंक छ तर गोल अन्तरले पाँचौं स्थानमा झरेको छ ।

त्यसैगरि, चेल्सी भने ६७ अंकसाथ तेस्रो स्थानमा छ । यस्तै एस्टन भिल्लाले टोटनहमलाई २–१ र आर्सनलले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गरे । बुधबारकै अन्य खेलमा एभरटनले उल्भ्सलाई १–०, न्युकासलले सेफिल्डलाई १–० र वेस्ट ह्यामले वेस्ट ब्रुमलाई ३–१ ले हराए ।

अब लिगको बाँकी अन्तिम एक खेलले शिर्ष चारको टुङ्गो लगाउने छ । यसको लागि प्रतिश्पर्धामा चेल्सी, लिभरपुल र लेस्टर सिटी छन् । अन्तिम खेलमा चेल्सीले एस्टन भिल्लाको, लिभरपुलले क्रिस्टल प्यालेसको तथा लेस्टरले टोटेनहमको सामना गर्दैछन् । खेल आइतबार हुदैँछ ।


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार