एजेन्सी – रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । 

कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरूको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । अधिकारीहरूका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । 

रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिँदै गएको छ ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार