तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ६ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

परमाणु हतियारकाे हाेड शुरू

६ अक्टोबर १९५१ को बिहान सोभियत संघको प्रमुख पत्रिका ‘प्रावदा’को पहिलो पृष्ठमा जोसेफ स्टालिनको अन्तर्वार्ता छापियो । यो अन्तर्वार्तापछि दुनियाँले सोभियत संघको आणविक हतियार तथा बमहरू बारेको अभियान बारे थाहा पायो । अन्तर्वार्तामा स्टालिनले भने, “हालै हामीले एक किसिमको परमाणु बमको परीक्षण गरेका छौँ । त्यस्तै निकट भविष्यमै हामी अलगअलग क्षमताका बमहरू समेत परीक्षण गर्नेछौँ । ब्रिटेन र अमेरिकी खेमाको आक्रामक रवैयासँग जुध्न हामीले यो निर्णय लिएका हौँ ।” 
 
अगस्त १९४५ मा हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु हमला गरेसँगै द्वितीय विश्वयुद्ध समाप्त भयो । यो युद्धमा एकातिर अमेरिका, ब्रिटेन, फ्रान्स र सोभियत संघजस्ता मजबूत मित्र देशहरू थिए भने अर्कोतिर जर्मनी, इटली र जापानजस्ता तुलनात्मक कमजोर देशहरू थिए । अमेरिकाले जापानमा गरेको आणविक हमलाको विभिषिका पछि सोभियत संघले अमेरिका अत्यधिक शक्तिशाली भएको महसुस गर्यो । अमेरिकाले बनाएको आणविक हतियारबारे आफूूलाई अनभिज्ञ राखेको भन्दै सोभियतले अमेरिकासँग अविश्वास जाहेर गर्यो र फलस्वरूप अमेरिका र सोभियत संघबीच शीतयुद्धको प्रारम्भ भयो । 

त्यसपछि सोभियत संघले बिना कुनै बिलम्ब परमाणु हतियार बनाउन शुरू गर्यो । यो एक किसिमको होड थियो, जसले संसारिक सभ्यताको भविष्य नै खतरामा पार्दैथियो । आणविक कार्यक्रमबारे स्टालिन थप भने, “यो परिस्थितिमा सोभियत संघलाई परमाणु हतियार बनाउन विवश गरिएको हामीले ठानेका छौँ, ताकि हामी आक्रामक देशोहरूविरुद्ध यसको प्रयोग गर्न सकौँ ।” यद्यपि स्टालिनले परमाणु हतियारहरूको आलोचना गर्दै यिनीहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए तर अटलान्टिक ब्लक (अमेरिका-ब्रिटेन)ले उनको यो माग खारेज गरिरहे । 

सोभियत संघको परमाणु बम घोषणापछि १ वर्षमै ब्रिटेनले पनि ३ अक्टोबर १९५२ मा पहिलो पटक परमाणु बम बनाएको घोषणा गर्यो । त्यसपछि सन् १९६० मा फ्रान्सले यसको घोषणा गर्यो । तत्पश्चात चीन, इजरायल, भारत र पाकिस्तानले समेत परमाणु बम बनाएको घोषणा गरे । अहिले उत्तर कोरिया समेत यो परमाणु शक्ति सम्पन्न भइसकेको छ । उता इरान र लिबिया परमाणु कार्यक्रमको सन्देहमा अमेरिकाको तारो बनिसकेका छन् । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार