इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ५ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ (युनेस्को) को आह्वानमा हरेक वर्षको अक्टोवर ५ मा मनाइने शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइन्छ । शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आइएको हाे ।
यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस संसारभर मनाइँदै छ । विश्वका १०० देशले विश्व शिक्षक दिवस मनाउने गरेका छन् । नेपाल भने असारको पूर्णिमामा मनाइने गुरू पूर्णिमालाई शिक्षकको सम्मान गर्ने गरिन्छ ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...