काठमाडौं- सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घन्टा डाउन भएपश्चात पुन: सेवामा फर्किएका छन्।  नेपाली समय अनुसार सोमबार राति ९ : ३५ बजेदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम संसारभर ‘डाउन’ भएका थिए । 

यी तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । फेसबुकले यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै माफी मागेको छ । डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरू रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ । 

तीनवटै सञ्जाल सुचारु भएता पनि पूर्ण रूपमा सेवामा फर्किन अझै केही समय लाग्ने बताइएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार