Author
यसरी बरफको टापु छुट्टिनु प्राकृतिक प्रक्रिया नै हो, ए–७६ छुट्टिनुको जलवायु परिवर्तनसँग कुनै सम्बन्ध छैन ।
अन्टार्कटिकाको किनारामा अहिलेसम्मकै संसारकै सबैभन्दा ठूलो बरफको टुक्रा उछिट्टिएर वेडेला समुन्द्रको पानीमा तैरिरहेको छ । १७५ किमि (१०६ माइल) लम्बाई तथा २५ किमि (१५माइल) चौडाई भएको यो बरफको टापुको कुल क्षेत्रफल ४३२० वर्ग किलोमिटर (१,६६८ वर्ग माइल) छ ।
ए–७६ कोड नाम दिइएको यो बरफको टापु यसअघिको सबैभन्दा ठूलो मालाराको स्पेनिस आइसल्याण्ड भन्दा केही ठूलो भएको युरोपियन स्पेस एजेन्सी (इएसए)ले जनाएको छ ।
विश्वको दोस्रो ठूलो बरफको टुक्रापनि वेडेला समुन्द्रको पानीमा तैरिरहेको छ । यसको क्षेत्रफल ३८८० वर्ग किमि (१,३०५ वर्ग माइल) छ । अहिले छुट्टिएको बरफको टापुको तस्बिर स्याटलाइटबाट खिचिएको हो । इएसएका अनुसार, यो पश्चिमी अन्टार्कटिकाको रोनेबाट उछिट्टिएको हो । यो अन्टार्कटिक पेनिन्सुलाको नजिकै पर्छ ।
यसरी बरफको टापु छुट्टिनु प्राकृतिक प्रक्रिया नै हो, युनिभर्सिटी अफ कोलोराडोका ग्लासियोलोजिस्ट तथा अनुसन्धानकर्ता टेड स्क्याम्बोसले बताएका छन् । उनका अनुसार, ए–७६ छुट्टिनुको जलवायु परिवर्तनसँग कुनै सम्बन्ध छैन । यो पहिल्यैदेखि पानीमा तैरिहहेको हुँदा यसले समुन्द्रको पानीको सहतमा फेरबदल पनि नपार्ने स्क्याम्बोसले रोयटर्सलाई इमेलमा बताएका छन् ।
तर फेरी कतिपय वैज्ञानिकले अन्टार्कटिक पेनिन्सुलामा दक्षिणी ध्रुवतिर बरफका टापुहरु टुक्रिने बढ्दो प्रवृतिलाई जलवायु परिवर्तनको प्रभावका रुपमा पनि लिने गरेको छन् । अमेरिकाको नेसनल स्नो एण्ड डाटा सेन्टरले यस्तो जनाएको छ ।
एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...