ब्राजिलकी निकोल  ओलिवेरा संसारकै सबैभन्दा कम उमेरकी खगोल वैज्ञानिकका रूपमा चिनिन्छन् । उनी सिर्फ ८ वर्षको उमेरमा खगोल वैज्ञानिक बनेकी हुन् ।

उनी अहिले उनी नासाको एउटा कार्यक्रममा सामिल भइ अन्तरिक्षका नयाँनयाँ क्षुद्र ग्रहहरू खोज्दैछिन् । विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरूमा भाग लिँदै छिन् र देश तथा विदेशमा अन्तरिक्ष तथा विज्ञानको क्षेत्रसँग जोडिएका ठूल्ठूला व्यक्तित्वहरूसँग भेट्दै छन् । उनको कोठामा सौर्यमण्डका अनेक चित्र तथा पोस्टरहरूले भरिएका छन् । उनले त्यही कोठमा रहेको कम्प्युटरमा काम गर्दै नयाँ क्षुद्रग्रहसमेत पत्ता लगाएकी छन् । 

निकोलले नासाको ‘एस्टेराइड हन्टर्स’ कार्यक्रमसँग संलग्न रही यी काम गरेकी हुन् । यसका अलावा उनले बालबालिका तथा युवाहरूलाई विज्ञान तथा अन्तरिक्षका विविध रहस्यहरूसँग परिचय समेत गराउँछिन् । 



निकोल आफूले गरेको कामप्रति गर्व गर्दै भन्छिन्, ‘मैले १८ वटा क्षुद्रग्रह खोजीसकेँ, ती ग्रहहरूको नाम ब्राजिलका वैज्ञानिक र मेरा बाआमाको नामबाट राख्छु ।’

उनको यो दाबीले सत्यापन हासिल गरेमा उनी विश्वको सबैभन्दा कान्छी खगोलविद्का रूपमा चिनिनेछन् । हाल यो रेकर्ड इटालीकी १८ वर्षीय लुइगी सन्निनोको नाममा छ । 

निकोल ब्राजिलको पूर्वोत्तर सहर फोर्तालेजा सहरको एउटा स्कुलमा पढ्दैछिन् । उनका खगोल विज्ञान शिक्षक हेलिओमार्जिओ रोद्रिगेज मोरेरा भन्छन्, ‘उनी वास्तवमै सबै कुरा चिन्छिन्, तस्वीरहरूमा रहेका क्षुद्र ग्रहजस्ता देखिने बिन्दुहरूलाई तुरुन्तै चिन्छिन् ।’

मोरेरा अगाडि भन्छन्, ‘सबैभन्दा जरुरी कुरा उनी आफ्नो अनुभव र ज्ञान उनका अन्य साथीहरूलाई समेत सेयर गर्छिन् । यो उनले विज्ञान प्रसारमा गरेको योगदान हो ।’



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार