तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २ अक्टाेबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

आज गान्धीको जन्मदिन भारत समेत सम्पूर्ण विश्वभरि अहिंसा दिवसका रूपमा मनाइन्छ । गान्धी विश्वभरमा सत्य र अहिंसाका प्रेरणास्रोतका रूपमा चिनिन्छन् ।      

ठूलो भन्दा ठूलो लडाइँ सत्य र अहिंसाबाट लड्न सकिने प्रेरणा दिने गान्धीको जन्म भारतको गुजरातमा २ अक्टोबर १८६९ मा भएको थियो । उनलाई संसारभरिबाट महात्माको उपाधिद्वारा सम्बोधन गरिन्थ्यो । गान्धी विद्यार्थीकालमा खासै प्रतिभावान छात्र थिएनन् । यद्यपि उनले पढाइ सकिएसँगै मुम्बइमा वकालत शुरू गरे, केही समयपछि अर्थात् सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए । त्यहाँ उनले नश्लीय भेदभावसँग राम्ररी परिचित भए । त्यहाँ रहँदा उनले इण्डियन ओपिनियन नामक पत्रिका समेत प्रकाशन गरे ।  त्यहीँबाट लजालु र सामाजिक रूपमा कम सक्रिय गान्धी वेवाक नेताका रूपमा उदाए ।

१९१४ मा गान्धी भारत फर्किए । भारतमा १९२० बाट उनी भारतीय कांग्रेसका नेता बने । १९३० मा ‘नमक सत्याग्रह’ शुरू गरी उनले अहिंस्रक आन्दोलन अगाडि बढाए । सन् १९४२ मा गान्धीले पूर्ण स्वराजको माग गर्दै ब्रिटिश सरकारविरुद्ध आन्दोलन शुरू गरे । त्यहीबेला उनी जेलसमेत बस्नुपर्यो । 

गान्धीबाट प्रेरित हुने वैश्विक नेताहरूमा मार्टिन लुथर किंग जुनियर, नेल्सन मण्डेला, दलाई लामा तथा आंग सान सू ची लगायत छन् । त्यस्तै, अमेरिकी राष्ट्रपति बराक ओबामा बडो गर्वका साथ आफूलाई गान्धीवादी भएको दाबीसमेत गर्छन् । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार