Author

चिनिया अन्तरिक्ष यानले मंगल ग्रहको सतहमा आफ्नो जुरोङ्ग नामक रोभर ल्याण्ड गरेपछि पहिलोपल्ट यो रातो ग्रहको सतहको फोटो पृथ्वीमा पठाएको छ । सतहमा ल्याण्ड गरिएको हप्ता दिनभित्रै यसले फोटो पठाएको हो । 

शनिबार मात्रै चीनको तिनवेन–वन आन्तरिक्ष यानले मंगल ग्रहको सतहमा उक्त रोभर बसाएको थियो । कुनै पनि मुलुकले आफ्नो पहिलो प्रयासमै मंगल ग्रहको सतहमा सफलतापुर्वक रोभर बिसाएको यो पहिलो पटक हो । अब यसले त्यहाँको माटो, वस्तुस्थिति तथा यस अघि जीवनको अस्तित्व रहे–नरहेको बारे अनुसन्धान गर्नेछ । 

बुधमार मात्रै द चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसनले रोभरमा जडान गरिएको क्यामराले खिचेका तस्बिरहरु सार्वजनिक गरेको हो । तस्बिरमा रोभरको आवश्यक विभिन्न सामाग्री, सोलार प्यानल तथा ग्रहको सतह देख्न सकिन्छ ।

‘सबैको रुचि भएको तथा तपाईंले लामो समयदेखि हेर्न खोज्नु भएको मंगल ग्रहका तस्बिरहरु’ भन्दै स्पेस एजेन्सीले यसलाई सामाजिक संजालमा राखेको छ । 

चिनिया मिथिकल अग्नि देवताको नाम दिइएको उक्त जुरोङ्ग रोभर अमेरिकाले मंगलको सतहमा पुगेको केही महिना पश्चात तत्कालै पुगेको हो । उक्त जुरोङ्ग रोभर सतहको फोटो खिच्दै र आवश्यक तथ्याङ्क जम्मा पार्दै तीन महिनासम्म मंगलको सतहमा रहनेछ । 

चीनले एक महिना अघि मात्रै आफ्नो नयाँ अन्तरिक्ष स्टेसन खडा गरेको थियो भने अब चीन दशकौं लामो अन्तरिक्ष अनुभव संगालेका अमेरिका र रुसको हाराहारीमा आइसकेको छ । 




एजेन्सीको सहयोगमा 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार