एजेन्सी – अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भई आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरू सुचारु गरिदिन आग्रह गरेका हुन् । 

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरू बन्द गरेको थियो । तालिबानहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरू देशहरूले पनि यसरी हवाई उडानहरू रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । 

भारतजस्तै अरु कतिपय देशहरूले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार