तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३० सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

‘मौनता नै ईश्वरको बोली हो, बाँकी केबल भद्दा अनुवाद हो ।’ करिब ८ सय वर्षअघि यस्तो विचार दिने कवि जलालुद्दीन रूमी आजकै दिन जन्मिएका थिए । 

१२०७ ई। को फारसको बल्ख (आजको अफगानिस्तान) मा जन्मिएका जलालुद्दीन रूमी एक सम्पन्न परिवारमा जन्मिएका थिए । 

रूमीले इस्लाम धर्ममा सूफी विचारधारालाई दुनियाँभरि बिस्तार गरे । जीवनजगतलाई बुझ्न परम्पराभन्दा बिल्कुलै अलग विचार दिने रूमी फारसी भाषामा कविताहरू लेख्थे । झण्डै ८ सय वर्ष बित्दा पनि उनको लेखनलाई उत्तिकै प्रभावशाली र सशक्त मानिन्छ । उदाहरणार्थ उनका यी सेरहरू, जसले प्रेम र ईश्वरको व्याख्या गर्छन्ः 

‘तिम्रो उज्यालोमा नै मैले प्रेम गर्न सिकेँ
तिम्रो सुन्दरतामा मैले कविता लेख्न सिकेँ
तिमी मेरो हृदयमा अनुभूत हुन्छौ
जहाँ तिमीलाई कसैले देख्दैन,
हो, म तिमीलाई जरुर कहिलेकाहीँ देख्छु 
र यही मेरो प्रेरणा पनि हो ।’

रूमीका पिता बहाउद्दीन वलाद धर्मशास्त्री थिए । १२१९ मा चंगेज खानका सेनाले अफगानिस्तानमा आक्रमण गर्दा उनका पिताले हज जाने फैसला लिए । यसप्रकार उनको परिवार खानको सेनाबाट जोगियो ।  

सैयद बुरहानुद्दीन मुहक्कीक तिरमिधीले रूमीको सूफी शैलीबारे चर्चा गरेका छन् । रूमीले आफ्नो जीवनकालमा अनेक यात्रा गरी सूफी विचारधारा विश्वव्यापी बनाउने कोसिस गरे । त्यस्तै उनले सूफिहरूको अद्भुत नृत्यकलाको समेत शुरूवात गरे । टर्कीको कोन्या शहरमा आज पनि हरेक वर्ष ‘समा नृत्य’को ‘जलसा’ हुने गर्दछ । जसमा मानिसहरू सेता पोशाकमा ‘दरवेश’ नृत्य गर्छन् । 

रूमीलाई आधुनिक विश्वमा सबैभन्दा धेरै पढिने कविका रूपमा समेत चिनिन्छ । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार