काठमाडाैँ -  विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला बौडेन रोमाधाने ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । 

दुई महिनाअघि कु को आरोप लागेका ट्युनिसियाका राष्ट्रपति काइस सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्रीमा उनलाई नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दबाब आउन थालेपछि उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

गत महिना उनले प्रधानमन्त्री बर्खास्त गर्दै संसद् समेत भंग गरेका थिए । यसबीचमा उनले संविधान परिवर्तन गरी आफ्नो शासनाधिकारको भूमिका समेत बढाएका छन् । सोही प्रावधान अनुरुप राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको रुपमा रोमाधानेको नाम घोषणा गरेका हुन् । राष्ट्रपति सइदले रोमाधानेको नियुक्तिलाई ऐतिहासिक निर्णयको रुपमा व्याख्या गरेका छन् ।

रोमाधाने ट्युनिसियाको दसाैँ प्रधानमन्त्री हुनुका साथै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पाएकी हुन् । त्यहाँ लामो समयदेखि शासन गरेका तानाशाह जिने एल अबिदिने बेन अलीलाई २०११ मा विद्रोहमार्फत् हटाएपछि लोकतान्त्रिक अभ्यास सुरु भएको हो । तर पछिल्लो समय नयाँ राष्ट्रपति सइदको गतिविधिलाई लिएर फेरि राष्ट्रिय संकट सुरु भएको टिप्पणी हुने गरेको छ । ट्युनिसिया पछिल्लो समय आर्थिक र राजनीतिक संकटसँग जुधिरहेको बताइन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार