एजेन्सी – जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रूपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।
जापानका पूर्व विदेशमन्त्री समेत रहनु भएका किशिडाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।
नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने सम्भावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरूले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।
सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लागेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...