इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २९ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
धर्तीमा फर्किइन् पहिलो अन्तरिक्ष पर्यटक
अन्तरिक्षमा पर्यटन गर्ने ४० वर्षीष अनुशेह अन्सारी पहिलो महिला अन्तरिक्ष पर्यटक थिइन् । सन् २००६ को सेप्टेम्बर २९ का दिन उनले अन्तर्राष्ट्रिय स्पेस स्टेशनको सफल यात्रा गरी पृथ्वीमा फर्किने पहिलो महिलाका रूपमा इतिहास बनाएकी थिइन् ।
अनुशेह अन्सारीले अन्तरिक्षमा कुल १० दिन बिताएकी थिइन् । त्यस यात्रामा उनीसँगै अन्य धेरै जनाले समेत स्पेशमा पर्यटकका रूपमा यात्रा गरेका थिए ।
अनुशेहका साथमा अन्तरिक्ष यात्री जेफ विलियम्स र रूसी अन्तरिक्ष वैज्ञानिक पवेल विनोग्रेदोव पनि थिए । अन्तरिक्षबाट पृथ्वीमा फर्किनका लागि उनीहरूले सूयोज कैप्सूलको प्रयोग गरेका थिए । फर्किने समयमा उनीहरूले कजाखिस्तानको एउटा मैदानमा ल्याण्डिङ गरेका थिए । १० दिने यात्रा सकाएर फर्किने क्रममा उनको स्वागत र सहयोगका लागि दर्जनौँ हेलिकप्टरहरू पुगेका थिए ।
यात्रापछि आफ्ना लागि अन्तरिक्ष यात्रा अत्यन्तै यादगार र राेमाञ्चक रहेको प्रतिक्रिया अन्सारीले दिएकी थिइन् । याे रोमाञ्चक यात्राका लागि अनुशेहले करोडौँ डलर खर्च गर्नुपरेको थियाे ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...