Author

जरायले प्रहार गरेको मिसाइलबाट प्यालेस्टिनी पत्रकार युसुफ अबु हुसेनको मृत्यु भएको छ ।

बुधबार विहान इजरायलले प्रहार गरेको एउटा मिसाइल गाजाको सेख राडवन इलाकामा अवस्थित पत्रकार हुसेनको घरमा खसेको थियो । हुसेन स्थानिय भ्वाइस अफ अल–आक्सा रेडियोका कार्यक्रम संचालक थिए । बुधबार विहानैको आक्रमणमा हुसेन वाहेन अरु तीन जना प्यालेस्टिनी पनि मारिएका थिए । 

पत्रकार हुसेनका बुवा मोहमद अबु हुसेनले अलजजिरालाई भनेका छन् कि घरमा मिसाइल लागेपछि ‘हामी त बाहिर निस्कन पायौं, तर मेरो छोरो युसुफ ...मारियो ।’
हुसेनको मृत्युको खबर सनसनीपूर्ण रुपमा फैलियो । यो शोकको घडीमा धेरैले इजरायली सरकारलाई घटनाप्रति जिम्मेबार हुन अपिल गरेका छन् ।

‘हामीले हाम्रो एक छोरा र कर्मचारी गुमाएका छौं’ उनी कार्यरत भ्वाइस अफ अल–आक्सा रेडियोले भनेको छ । ‘भ्वाइस अफ अल–आक्साले इजरायलका यस्ता अपराधको सत्यतथ्य निरन्तर बाहिर ल्याउने नै छ’ रेडियोले आक्रोस पोखेको छ । 

त्यस्तै गाजाका सूचना तथा संचारमन्त्री सलमा मारुफले हुसेनको परिवारप्रति समवेदना प्रकट गरेकी छिन् । त्यहाँको प्रत्रकारहरुको संस्था प्यालेस्टाइन जर्नालिस्ट सिन्डिकेटले पनि गहिरो समवेदना प्रकट गर्दै यो घटनाको लागि इजरायल जिम्मेबार हुनुपर्ने बताएको छ । द इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्टका जनरल सेक्रेटरी एन्थोनी बेलाङगरले पनि इजरायली सरकार यसको जिम्मेबार भएको बताइका छन् ।

एजेन्सीको सहयोगमा 
 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार