Author

- इमिली फिसबेन, जाउ मयेत, नु नु लुसान
ही १५ मे,मा बियाक थाङले हतार-हतार आफ्नी श्रीमती र दुई बालबच्चासँग बिदा मागे । केही दिनलाई पुग्ने खानापानीको पोको बोके अनि जंगलतिर कुलेलाम ठोके । सुरुक्षाको कारण वास्तविक नाम नराखिदिनु भन्दै उनले भने, ‘म सुरक्षित छैन । मैले त युद्धका कारण मानिस विस्थापित भएको मिडियामा देखे-सुनेको हो, तर अहिले हामी नै थातथलो छोडेर भागिरहेका छौं ।’

बियाक थाङको बस्ती म्यानमारको चिन राज्यको मिन्दात सहर छेउको पहाडी इलाकामा पर्छ ।

‘सेनाले बलत्कार र यौन हिंसालाई युद्धको हतियार बनाउन सक्छ, किनकी तिनको इतिहास त्यस्तै छ । सेनाले मिन्दातलाई नियन्त्रणमा लिएको छ र अहिले चिनका महिला, किसोरी अझ मिन्दातका सबै छोरीमान्छे असुरक्षित छन् ।’

म्यानमारको चिन जिल्लाको मानव अधिकार संगठन (सएचआरओ)ले भारतिय सिमानाबाट १०० किमी पर रहेको ४६ हज्जार बासिन्दा सहितको मिन्दात सहरमा जेनेभा सन्धीको उलंघन गर्दै सेनाले युद्ध अपराध गर्न सक्ने चेतावनी दिइसकेको छ ।

मे १३मा मिन्दातमा सैन्य कानुन लगाएपछि सेनाले स्थानिय युवालाई मानव ढालको रुपमा प्रयोग गरेको, स्कुल र अस्पताल कब्जा गरेको, व्यक्तिका जनधन नष्ट गरेको तथा जमिन र आकास दुवैतिरबाट अधिकतम आक्रमण गरेको मानव अधिकार एवं स्थानिय मिडियाहरुले बताएका छन् ।

तर म्यानमार सेना जसलाई तामादोको नामबाट पनि चिनिन्छ, उसले भने यो कुरा खण्डन गरेको छ । उसले मिन्दातको हिंसा नागरिक सुरक्षा जस्दा (सिभिल डिफेन्स फोर्स) लाई इङ्कित गर्दै ‘हतियार सहितको आतङ्ककारी’को आक्रमणको प्रतिकारका दौरान भएको दावी गरेको छ ।

नागरिक सुरक्षा जस्दाले भर्खरै हतियार उठाएको छ । सेनाले आर्टिलरी फायर, ग्रिनेट र स्वाचालित मेसिन गन चलाइरहेको छ भने नागरिक समुहसँग शिकार खेल्ने राइफल र घरेलु बिस्फोटक सामाग्री मात्रै छ ।

अत्याधिक दमन तथा धरपकडका कारण मिन्दातका नागरिक योद्धाहरु पनि मुलुकका अन्य क्षेत्रमा जस्तै सशस्त्र प्रतिकार गर्दै सैन्य शासनको अन्त्य गर्न चाहन्छन् ।

सैन्य कूपश्चात्, लाखौंले शान्तिपुर्ण सडक आन्दोलन गरिसकेका छन्, भने सिभिल डिसओबिडियन्ट मोमेन्टले आम हडताल र सार्वजनिक सेवा ठप्प पारेको छ । यसैबीच सेनाले ८०० भन्दा बढीलाई मारेको छ । त्यस्तै मुलुकका राजनीतिक बन्दीको अनुगमन गर्ने संस्था एसिस्टेन्ट एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार, चार हजार भन्दा बढी हिरासतमा हालिएका छन् ।

ठूला हतियारको प्रयोग

म्यानमारको उत्तर-पश्चिम राज्य चिन एउटा पिछडिएको र कम विकसित क्षेत्र हो । यसको उत्तरतिरको छिमेकी राज्य सागानिङ्गसँगै चिन पनि अहिले म्यानमार सेनाको सशक्त प्रतिकारसँगै युद्धमैदानमा परिणत भएको छ ।

मार्च अन्त्यतिर सुरु भएको सिकारी राइफल तथा घरेलु हतियार सहितको नागरिक प्रतिकार समुहले सागानिङ्ग राज्यको काले सहरमा दश दिनसम्म विद्रोही क्याम्प खडा गरेको थियो । उसले सफलतापुर्वक कैदीहरु छुटाएको पनि थियो । तर फेरी ७ अप्रिलमा सेनाले ग्रिनेट र मेसिनगनले आक्रमण गर्दा ११ जना मारिएका थिए ।

मिन्दातमा सातजना पक्रिएका युवालाई सेनाले छोड्न नमानेपछि यही अप्रिल २४ मा युद्ध सुरु गरिएको थियो । यसको दुई दिनपछि नागरिक सुरक्षा जस्दा (सिभिल डिफेन्स फोर्स)ले हतियारले सुसज्जित ६ सेनाका ट्रकलाई एम्बुसमा पारेको थियो । यसको बदलामा सेनाले सहरमा रकेट लन्चर र तोप प्रहार गरेको थियो ।

‘आक्रमण मिन्दात सहरको बाहिरी इलाकाबाट सुरु भएको थियो । केही दिनमै ठूला स्वचालित हतियार सहित सेना सहर पस्यो । अनि स्थिति झन् चर्कियो जब तिनले आवासिय क्षेत्र लगायत जथाभावी आक्रमण गरे’ स्थानिय स्वास्थ्यकर्मीले नाम नखुलाउने सर्तमा अल जजिरालाई बताएकी छन् ।

अप्रिल २७ सम्ममा ३० बन्दा बढी सेना मारेको मिदान्तको नागरिक सुरक्षा जस्दा (सिभिल डिफेन्स फोर्स)ले दाबी गरेको छ ।

सेनाले ति सात जनालाई छोडेपछि झडप १० दिनको लागि रोकियो । तर फेरी अन्य पाँच बन्दीलाई छोड्न अस्विकार गरेपछि मे १२ मा झडप फेरी चर्कियो । अर्को दिन सेनाले सहरमा सैन्य कानुन लगायो, हातहतियारले सुसज्जित सेना सहरभित्र घुस्यो र तीन दिनसम्म सहरलाई नियन्त्रण लिदैँ आधुनिक हतियारले हवाइ तथा स्थल दुवैतिरबाट आक्रमण गरिरह्यो ।

मे १५ को विहान मिन्दात सहरमा सेनाले वितन्डा मच्चाइरह्यो, तिनले गल्ली-गल्लीमा फायरिङ गरे, घर-घरबाट युवाहरु निकाल्दै पक्राउ गरे । सिएचआरओका अनुसार, पक्राउ गरेका १५ युवालाई सेनाले मानव ढालका रुपमा प्रयोग गरे ।

सेनाले शक्ति हातमा लिइसकेपछि प्रजातान्त्रिक अभ्यास प्रक्रियाको पनि अन्त्य भएको छ । यसले सेना र अन्य कैयौं सशस्त्र जनजाती समुहबीच कहिल्यै नसुल्झिएको द्वन्दलाई झनै चर्काइदिएको छ । स्वयात्त साशन र पहिचानको माग गर्दै म्यानमार भित्रै विभिन्न सशस्त्र सामुदायिक समुह दशकौंदेखि संघर्षरत छन् ।

‘तिनीहरु मेन्दातका सर्वसाधारण युवाहरु थिए, अन्धाधुन्ध आक्रमणबाट बच्न मेन्दात सहर छोड्न लागेका थिए’ सिएचआरओका निमित्त निर्देशक सलाई जा उक लिङले अलजजिरालाई बताए्,‘तिनीहरुको बारेमा हामी एकदमै चिन्तित छौं, हिरासतमा तिनीमाथि दुर्व्यवहार र यातना हुनसक्छ ।’

सैन्य कु पछि हिरासतमा मृत्यु भएर परिवारका सदस्यलाई जिम्मा लगाइएका कैयौंको शरिरमा यातनाका निलडामहरु पाइएका छन् ।

त्रासमा समुदाय

सेनाले शक्ति हातमा लिइसकेपछि प्रजातान्त्रिक अभ्यास प्रक्रियाको पनि अन्त्य भएको छ । यसले सेना र अन्य कैयौं सशस्त्र जनजाती समुहबीच कहिल्यै नसुल्झिएको द्वन्दलाई झनै चर्काइदिएको छ । स्वयात्त साशन र पहिचानको माग गर्दै म्यानमार भित्रै विभिन्न सशस्त्र सामुदायिक समुह दशकौंदेखि संघर्षरत छन् ।

अहिले त सहरबासीहरु सरकारी सेनासँग लड्नको लागि तिनै सामुदायिक सशस्त्र समुहसँग सैन्य तालिम लिन जान थालेका छन् । त्यस्तै तल्लो तप्काबाट अहिलेसम्म झडप नभएका क्षेत्रहरुमा पनि नागरिक सुरक्षा जस्दा (सिभिल डिफेन्स फोर्स)ले आफ्नो क्षेत्र विस्तार गर्दै सेनासँग भिडिरहेको  छ ।

मार्च ५ मा निलम्बित संसद तथा आदिवासी नेताहरुले निवार्सनमै समानान्तर सरकार बनाए । तिनले पनि नागरिक सुरक्षा जस्दा (सिभिल डिफेन्स फोर्स) गठनलाई नागरिक अधिकारको रुपमा पारित गरिसकेको छ । मे ५ मा, यो समानान्तर सरकारले नागरिकको जिउ धनको सुरक्षार्थ तथा संघिय लोकतन्त्र स्थापनार्थ पिपल्स डिफेन्स फोर्सको पनि स्थापना गरिसकेको छ ।

पिपल्स डिफेन्स फोर्स संघिय सुरक्षा फौजनिर्माणको लागि पहिलो कदम हुन सक्छ । यसले समान माग राखेर हिडेँका म्यानमारभरीका विभिन्न साम्प्रदायिक सशस्त्र समुहलाई ऐक्यबद्ध पार्न सक्छ ।

मार्च १५ मा सहर छोडेर जंगलतिर लागेका मिन्दातका बासिन्दा बियाक थाङ अलजजिरालाई भन्छन्, कि सेनाले त्यहाँ सैन्य कानुन लादेदेखि सिङ्गो समुदाय त्रासमा बाँचेको छ । उनी भन्छन्,-‘आम नागरिक स्वतन्त्रसँग हिँडडुल गर्न पाएका छैनन्, हामीले बाहिर सर-सामान किन्न जान पनि पाएका छैनौं, जेजति मौजात छ, त्यसैले निर्वाह गरिरहेका छौं ।’

उनका अनुसार, त्यहाँ लगभग ७० जना जतिको समुह जंगलमा लुकेर बसेको छ र छिट्टै खानेकुराको अभाव हुन सक्छ । स्थानिय मिडियाहरुले पनि भागेर लुक्नेहरुलाई खाद्यान्न र औषधि आपुर्ति गर्नपर्ने आवश्यकता औंल्याएका छन् । एक स्वयमसेवीको रुपमा खटिएकी स्वास्थ्यकर्मीले अलजजिरालाई बताएकी छिन् कि, उनी र उनको टिम पक्राउ परिएला भन्ने डरले जंगल–जंगल भाग्दै घाइतेहरुको उपचार गर्ने कोसिस गरिरहेको छ ।

‘यसरी एकबाट अर्को ठाउँ चाहर्दा हामी घाइते नभएका मानिस पनि एकदमै थकित हुन्छौं । बिरामीले त आराम गर्नुपर्ने हो तर तिनीहरुले पनि भागदौड गरिरहनुपरेको छ, यसले त चोट र बिराम निको हुन झन् बढी समय लाग्छ ।’-उनले भनेकी छिन् । उनका अनुसार पोषणयुक्त खानाको अभावले पनि समयमा बिरामीहरु ठीक हुन सकेका छैनन् ।

मे १५ मा आम सर्वसाधारणले अरु भुक्तमान भोग्न नपरोस् भनेर नागरिक सुरक्षा दस्ताले सहर छोड्यो, तर त्यसयता सात जना मारिएका छन् । सेनाले चलाएको टेलिभिजन च्यानलले भने आफ्ना केही सेना मारिएको तथा हराएको बताएको छ । कति संख्या भन्ने चाहीँ सार्वजनिक गरेको छैन ।

अमेरिका, बेलायत तथा म्यानमारको भुमिगत समानान्तर सरकार नेसनल युनिटी गभरमेन्टले मिन्दातमा आम सर्वसाधारणमाथि सेनाले गरेको हिंसाको आलोचना गरेका छन् । नेसनल युनिटी गभरमेन्टले स्व-रक्षाको लागि प्रतिकार गर्नु नागरिक अधिकार हो भनेको छ । उसले अन्तर्राष्ट्रिय समुदायसँग म्यानमारसँगको हवाई सेवा बन्द गरेर अन्तर्राष्ट्रिय दवाब दिँदै हिंसाबाट म्यानमारका जनताको रक्षा गर्न पनि अपिल गरेको छ ।

महिलाहरु झन् जोखिममा

मिन्दातमा पुरुषहरुले घर छोडेर भागेपछि महिला तथा बालबालिकामा जोखिम झन् बढेको भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त  गरेका छन् । सहर छिरेपछि सेनाले लुटपाट मच्चाएको छ भने घर–घरमा आगो लगाइरहेको छ । गोली  लागेका कतिपय घाइतेहरुले आधारभुत स्वास्थ्य सेवा पाएका छैनन् । मिन्दातका बासिन्दाले रोयटर्स न्युज एजेन्सीलाई बताएका छन्।

नेसनल युनिटी गभरमेन्टको महिला तथा बालबालिका मन्त्रालयले पनि मिन्दातमा यौन हिंसाका थुप्रै घटनाको स-प्रमाण रिपोर्ट आएको जनाएको छ ।  यस मामलाका सहायक मन्त्रीसँग भने अलजजिराको सम्पर्क हुन सकेन ।

यद्यपि अहिले भुमिगत भएर लुकिरहेकी महिला संगठन, चिनकी सचिवले अलजजिरालाई भनेकी छिन्, ‘सेनाले बलत्कार र यौन हिंसालाई युद्धको हतियार बनाउन सक्छ, किनकी तिनको इतिहास त्यस्तै छ । सेनाले मिन्दातलाई नियन्त्रणमा लिएको छ र अहिले चिनका महिला, किसोरी अझ मिन्दातका सबै छोरीमान्छे असुरक्षित छन् ।’

‘जुन्टाले कसरी आम जनमानसलाई नियन्त्रण गर्दैछ भन्ने मिन्दात एउटा उदाहरण हो । मिन्दात त सुरुवात मात्रै हो ।’ सलाई जा उक लिङले बताएका छन्, ‘हामी त मात्रै आइरहेको मानविय संकटलाई निहालिरहेका छौं ।’

अगस्ट, २०१९मा युएनको फ्याक्ट फाइन्डिङ मिसनले एउटा रिपोर्ट निकालेको थियो । जस अनुसार, म्यानमार सेनाले योजनाबद्ध ढंगले तालिका नै बनाएर बलात्कार र यौन हिंसा गर्ने गरेको छ । रिपोर्टका अनुसार, आम सर्वसाधारणलाई दण्डित गर्न, त्रसित पार्न र दमन गर्न योजनाबद्ध किसिमले बलात्कारलाई रणनीतिकै रुपमा प्रयोग गरेको छ ।
युएनको रिपोर्ट अनुसार, २०१७ मा राखिने प्रान्तमा रोहिङ्गाको दमनका दौरान पनि सेनाले कत्लेआमसँगै अत्याधिक यौन हिंसा गरेको थियो ।

सिएचआरओका निमित्त निर्देशक सलाई जा उक लिङले अलजजिरालाई बताएकाछन् कि गोपनियताका कारणले उनको संस्थाले मिन्दातमा सुनिएका कतिपय यौन हिंसाका घटनाहरु सार्वजनिक गरेको छैन । अहिलेको स्थिति हेर्दा यस्ता घटनाहरु घट्न सक्छन् ।

उनको चासो त यसमा थियो कि मिन्दातको जस्तो स्थिति म्यानमारका अन्य क्षेत्रमा पनि आउने छ । वर्षाको मौसम सुरु हुँदैछ । सिमा पार गर्नेहरुलाई भारतले आश्रय दिएको छैन । त्यसैले विस्थापित हुनेको लागि पनि जाने सुरक्षित ठाउँ छैन ।

नागरिक सुरक्षा जस्दाले मिन्दात छोडेपनि, राज्यका अन्य क्षेत्रमा झडपहरु हुन थालेका छन् । नागरिक सुरक्षा जस्दाले हाखा बजारमा पाँच सेनालाई मारेको दावी गरेको छ । हाखा त्यही ठाउँ हो, जहाँ १६ मेमा सेनाले नागरिक सुरक्षा जस्दाको एक सदस्यलाई मारेको थियो । त्यस्तै स्थानिय मिडियाका अनुसार, तेदिम बजारको भिडन्तमा चार सेना र दुई निशस्त्र सर्वसाधारण मारिएका थिए ।

‘जुन्टाले कसरी आम जनमानसलाई नियन्त्रण गर्दैछ भन्ने मिन्दात एउटा उदाहरण हो । मिन्दात त सुरुवात मात्रै हो ।’ सलाई जा उक लिङले बताएका छन्, ‘हामी त मात्रै आइरहेको मानविय संकटलाई निहालिरहेका छौं ।’

(डेबोराले यो रिपोर्ट म्यानमारको चिन राज्यमा बसेर तयार पारेकी हुन् ,अलजजिराबाट ।)

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार