भारतमा किसानहरूले तीन नयाँ कृषि कानूनका विरुद्ध आन्दोलन शुरू गरेको एक वर्ष पुगेको अवसरमा सोमवार भारत बन्द गराएका छन् ।

बन्दका क्रममा उनीहरूले दिल्ली, पञ्जाब र हरियाणामा सडक तथा राजमार्ग ठप्प पारेका छन् । किसानहरूकाे बन्द कारणले भारतका विभिन्न क्षेत्रमा जाम भएको छ । 

बिहान ६ बजेबाट शुरू भएको बन्द अपराह्न ४ बजेसम्म रहने बताइएकाे छ । उक्त अवधिमा सबै सरकारी तथा निजी कार्यालय, शैक्षिक तथा अन्य संघसंस्था, पसल। उद्योग लगायत बन्द रहनेछन् । 

अस्पताल, औषधिपसल, उद्धार तथा आकस्मिक काममा हिँडेका मानिसलाई भने नरोकिने किसानहरू जनाएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार