तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २७ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

E=mc² प्रतिपादित 

२७ सेप्टेम्बर १९०५ मा संसारका महान तथा चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले द्रव्यमान तथा ऊर्जाकाे समीकरण E=mc² काे सिद्धान्त प्रतिपादन गरे । भौतिकीमा E काे अर्थ ऊर्जा, m काे अर्थ द्रव्यमान तथा c काे अर्थ प्रकाशकाे गति भन्ने हुन्छ । 

उनको यो समीकरण अनुसार यदि कुनै पदार्थको ऊर्जा पता लगाउनु छ भने त्यो पदार्थको वजन (द्रव्यमान)लाई प्रकाशको गतिको वर्गले गुणन गरी भएको प्राप्तिलाई त्यो पदार्थको ऊर्जा  भनिन्छ ।   

आइन्स्टाइनका अनुसार पदार्थलाई ऊर्जामा तथा ऊर्जालाई पदार्थमा बदल्न सकिन्छ । उनले यस सिद्धान्तका अलावा सापेक्षताको सिद्धान्त, ब्राउनियन गति, प्रकाशको विद्युतीय प्रभाव आदिजस्ता सिद्धान्तहरू समेत प्रतिपादन गरेका थिए । 

उनको यस खोजका लागि उनलाई सन् १९२१ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कारसमेत दिइएको थियो । 

खोसियो बेन जोन्सनको स्वर्णपदक

२७ सेप्टेम्बर सन् १९८८ का दिन क्यानाडाका धावन बेन जोन्सनबाट उनको ओलम्पिक स्वर्ण पदक खोसियो । यो पदक उनले सियोल ओलम्पिकमा १०० मिटर दौडमा जितेका थिए । 

बेनले ९।९७ सेकेण्डमा सय मिटर दौड पूरा गरेका थिए । यो विश्वकै अद्भूत र रेकर्ड दौड थियो । यो रेकर्डपछि उनीमाथि शंका गर्दै उनको मुत्रपरीक्षण गर्न भनियो । 

जाँचपछि उनले प्रतिबन्धित औषधि सेवन गरी प्रतियोगितामा भाग लिएको खुलासा भयो । पदक खोसिएसँगै उनले आफूले जानाजान गल्ती नगरेकोले फैसलामाथि पुनर्विचार गरिदिन भने । तर अन्तर्राष्ट्रीय ओलम्पिक कमेटीले भने उनको अपिल सुनेन । 

तत्कालीन समयमा उनले दुई वर्षको प्रतिबन्ध समेत भोगेका थिए । पछि उनले पुनः लागूऔषध सेवन गरेको भन्ने प्रमाणित भएपछि उनलाई आजीवन प्रतिबन्ध लाग्यो । 


बेन जाेन्सनले जिते सियाेल ओलम्पिक । तस्वीरः द नेशनल 


प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार