एजेन्सी - नारीवादी कार्यकर्ता, लेखिका तथा महिला अधिकार आन्दोलनकी मत्वपूर्ण व्यक्तित्व कमला भसीनको निधन भएको छ । 

शनिवार बिहान तीन बजे उनको निधन भएको हो । भसीन केही समयअघि क्यान्सरकाे शिकार भएकी थिइन् ।

भसीन १९७० को दशकदेखि भारतका साथै दक्षिण एशियाली देशहरूमा महिला आन्दोलनकी प्रमुख आवाज थिइन् ।

उनले २००२ मा नारीवादी नेटवर्क ‘संगत’को स्थापना गरेकी थिइन् । जसले ग्रामीण तथा आदिवासी समुदाय र शोषित बञ्चित महिलाहरूको कल्याणका लागि निरन्तर काम गरिरहेको छ । 

भसीनले लिंग सिद्धान्त, नारीवाद र पितृसत्ताका विषयमा अनेकौँ पुस्तक तथा लेखहरू लेखेकी छन् । उनको निधनले दक्षिण एसियाली नारी आन्दोलनमा ठूलो क्षति पुगेको अधिकारकर्मीहरूले बताएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार