इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २५ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
२५ सेप्टेम्बर १९९२ मा अमेरिकाको प्रसिद्ध अन्तरिक्ष एजेन्सी नासाले लञ्च अब्जर्भर नामक मंगल यान अन्तरिक्षमा पठायो ।
नासाले यानमार्फत मंगल ग्रहको वातावरण, मौसम आदिको जानकारी हासिल गर्ने लक्ष्य राखेको थियो । यानको तौल १०१८ किलोग्राम थियो । यो रोबोट मोडलको यान थियो ।
प्रक्षेपित यो यान मंगलमा पुग्नुअघि नै नासाको सम्पर्कबाट बाहिर गयो । नासाको यो असफलताले मंगल ग्रहमा जीवन खोज्ने लक्ष्य एकपटक पुनः विफल भयो ।
यसअघि कयौँपटक अन्य देशले पनि मंगल अभियान सञ्चालन गरेका थिए । तीमध्ये केहीलाई मात्रै सफलता मिलेको थियो ।
पछि २०१२मा नासाको मार्स रोवर नामक यान मंगलमा पुगी त्यसले ठूलो सफलता हासिल गर्यो । त्यही यानमार्फत मंगल ग्रहका अनेकौँ तस्वीरहरू पृथ्वीवासीले देख्न पाए ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...