एजेन्सी - थाइल्याण्डको सहर बैंककमा ट्याक्सीहरूमा तरकारी खेती गरिएको छ । 



बैंककस्थित एक ग्यारेमा पार्किङ गरी राखिएका ट्याक्सीहरूमा तरकारी खेती गरिएको हो ।



कोरोनाका कारण निकै लामो समयदेखि पार्किङमा थन्किएका ट्याक्सीहरूको उपयोग अहिले तरकारी उमारेर गरिएको हो । 



कोरोनापछि गरिएको लकडाउनमा हजारौँ ट्याक्सी ड्राइभरहरूले जागिर गुमाइ सहरबाट विस्तापित भएपछि ट्याक्सी कम्पनीले ट्याक्सीकाे यस्तो उपयोग गरेका हुन् ।



कोरोनाका कारण पार्किङमा थन्किएका यी ट्याक्सीका कम्पनीहरूले ट्याक्सीको मर्मत सम्भार भन्दा अरू केही गर्न नसकिरहको स्थितिमा एउटा ट्याक्सी कम्पनीले भने यस्तो उपाय अपनाइ ट्याक्सी सम्भार खर्च निकाल्न थालेकाे हाे ।


 


रैचाप्रुएक ट्याक्सी कोअपरेटिभ नामक उक्त कम्पनीले यसरी उत्पादित तरकारीहरू कोअपरेटिभका सदस्य, ड्राइभर र तिनका परिवारलाई दिने गरेको बताइन्छ ।



कम्पनीका प्रशासक कमलपोर्न बूनीतियोंग भन्छन्, ‘तरकारी खेतीका माध्यमबाट केहीलाई अस्थायी रूपमा रोजगारी दिन सकिएको छ । यस कदमबाट हामीहरूको आर्थिक बोझ केही कम भए पनि याे समाधान भने होइन ।' 
डिडब्लूबाट साभार । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार