अमेरिका - पिट्वर्ग–पेन्सिलभेनिया, अमेरिकामा द नेसन्स फ्यालङ्स र इन्ट्रा वेलफेयरको आयोजन तथा आरोहण गुरुकुल, नेपालको सहकार्यमा सङगीत नाट्य एकेडेमीकी प्राज्ञ तथा रङगकर्मी निशा शर्मा पाखरेलको एकदिने कार्यशाला र अनुभव सेयरिङ कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

गत सेप्टेम्बर १९ का दिन दिन भएकाे उक्त कार्यक्रम कला, साहित्य र सृजनशील गतिविधिमा अध्ययन गरिरहेका युवा पुस्तामाझ भएको हो । 

कार्यक्रममा मेघ सेवेदीले आयोजकका तर्फबाट आफ्नो कुराहरू राखेका थिए । 



कार्यक्रम आयोजनाका बारेमा संयोजक मनरथ पोखरेलले अमेरिका जस्तो अति नै व्यस्त देशमा पनि हामीले नेपालीपन र मनलाई जोड्ने सधै कोशिस गरिरहेकाे बताए । त्यस्तै उनले बिना पूर्वयोजना भएपनि कार्यक्रममा सघाउ पुर्याएर कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद दिए ।

उनले भने, 'हामी जहाँ भए पनि नेपाली हौं र जिउँदो नेपाली भएरै बाँच्न चाहान्छौं ।”

नेपाली भाषा, साहित्य, कला, संस्कृतिका अलावा मानवीय सेवामा समेत हरपल समर्पित द नेसन्स फ्यालङ्स र इन्ट्रा वेलफेयरले यसरी नियमित कार्यक्रमहरू गर्दै आइरहेको छ ।



तस्वीरः दिलन समाल

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार