तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २३ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

फ्रायडको निधन
भनिन्छ, आधुनिक विश्वमा तीनजनाका विचारहरू सर्वाधिक असरदार रहे । ती तीनजना व्यक्तिहरू अरू कोही नभएर कार्ल मार्क्स, महात्मा गान्धी र सिग्मण्ड फाइड हुन् ।

विश्वविख्यात न्यूरोलोजिस्ट सिग्मण्ड फ्राइडको सन् १९३९ मा आजकै दिन मृत्यु भयो ।

यहुदी मातापिताका सन्तानका रूपमा जन्मेका फ्राइड अत्यन्तै मेधावी छात्र थिए । उनले युनिभर्सिटी अफ भियानाबाट आफ्नो पढाइ पूरा गरे । त्यसपछि उनी सन् १८८१ मा डाक्टर बने ।

डाक्टर बनेपछि उनले बिरामीहरूसँगको कुराकानीका आधारमा उनीहरूको मनोविश्लेषण गर्न शुरू गरे । उनी यौनविश्लेषणका प्रेणतासमेत हुन् ।

मानवीय मष्तिष्कको अध्ययन उनको शुरूवाती रुचिको विषय थियो । उनको जिज्ञाशु र रहस्य उद्घाटन गर्ने स्वभावले चिकित्साका साथै जीवन, मृत्यु, यौन, सपना र स्त्री पुरुषबीचको सम्बन्धबारे अनेकौँ नयाँ धारणाहरू स्थापित भए । जसले उनलाई नवीनत्तम विचारक एवं वैज्ञानिकको परिचय समेत दियो । 

उनका सिद्धान्त तथा विचारहरूमाथि अनेक विवाद समेत भए । खासगरी जर्मनीको नाजी शासनका दौरान उनीमाथि अनेक आरोप लागे, आक्रमण भए । यसका अलावा फ्राइडका विचारहरू धार्मिक र सांस्कृतिक परम्पराहरूविरुद्ध रहेको भन्दै एउटा ठूलो समूहले उनीमाथि जोडतोडले विरोध गर्यो । जसका आयामहरू अनेक तरहले टाढाटाढासम्म पुग्छन् ।

उनले उठाएका सिद्धान्त तथा विचारहरू आज पनि चर्चाको केन्द्रमा छन् ।

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार