एजेन्सी – अफगानिस्तानको सत्तामा पुगेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग अघि सारेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता हुनगइरहेको राष्ट्रसंघको महासभामा बोल्नपाउनुपर्ने माग राख्दै तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकी पत्र लेखेका हुन् । 

तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेकोले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् ।

गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले यसअघि अफगानिस्तानको प्रतिनिधित्व गर्ने अधिकारीले अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताउँदै दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेको छ । 

अहिले तालिबानले गरेको आग्रहको विषयमा विचार गर्ने जिम्मा क्रेडेन्सियल कमिटीको हुन्छ । यो कमिटिमा अमेरिका, चीन र रुससहित नौ सदस्य राष्ट्र छन् । यद्यपि यो कमिटिको बैठक राष्ट्रसंघको महासभाअघि बस्ने सम्भावना निकै कम छ । त्यतिबेलासम्मका लागि राष्ट्रसंघको नियमअनुसार घुलाख इसाक्जाई राष्ट्रसंघको लागि अफगानिस्तानका स्थायी प्रतिनिधि रहनेछन् । उनले सेप्टेम्बर २७ मा राष्ट्रसंघमा आफ्नो भनाइ राख्ने अपेक्षा छ ।

तालिबानले भने अहिले धेरै मुलुकले अफगानिस्तानको राष्ट्रपति पनि असर्फ घानीलाई नमान्ने भन्दै इसाक्जाईले पनि अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार