तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २१ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

केन्यामा अतिवादी हमला
सन् २०१३ मा अतिवादी समूह अल–सहबाबका लडाकुले केन्याको वेस्टगेट मल नियन्त्रणमा लिएर त्यहाँका दर्जनौँ मानिसलाई बन्धक बनाएको थियो । सोमालियामा केन्याको सेना परिचालन गरिएको विरोधमा अलसहबाबले सर्वसाधरणलाई बन्धक बनाएको थियो । बन्धकलाई छुटाउने क्रममा अतिवादीको हमलामा ६३ जनाको मृत्यु भएको थियो ।

बेलायतबाट माल्टा स्वतन्त्र
सन् १९६४ माल्टा बेलायतबाट स्वतन्त्र भएको थियो । दक्षिण युरोपेली टापु माल्टा सन् १८१४ देखि बेलायतको अधिनमा थियो ।

बोइङ सीएच–४७ को पहिलो उडान
अमेरिकामा बनेको बोइङ सीएच–४७ हेलिकप्टरलाई अफगानिस्तान र इराकलगायतका देशमा भएका द्वन्द्व र आक्रमणमा अमेरिकी सेनाले प्रयोग गरेको थियो । अमेरिकाले यसलाइ बिपत्तीको समयमा चिकित्सक ओसारपसार र उद्दारमा विश्वभरमा प्रयोग गरिन्छ । बोइङ सीएच–४७ को पहिलो उडान सन् १९६१ को २१ सेप्टेम्बरमा भएको थियो ।

बी २९ सुपरफर्टिजको  प्रयोग
सन् १९४२ मा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले बी–२९ सुपरफर्टिज नाम गरेका वमवर्षक विमानबाट जापानको हिरोसिमा र नागासाकी सहरमा बम प्रहार गरिएको थियो । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार