Author

हिले अमान र बगदाददेखि लण्डन र बर्लिनसम्म विश्वभरीनै गाजामा इजरायलले गरेको आक्रमण विरुद्ध हज्जारौं प्रदर्शनमा उत्रिएका छन् । गाजामा २०१४ मा भड्किएको इजरायल–प्लालेस्टाइन युद्धयता नै संसारभर प्यालेस्टिनीको समर्थनमा प्रदर्शनहरु हुँदै आएका छन् ।

यसै हप्ता जब इजरायलले गाजास्थित एक शरणार्थी शिबिरमा हवाइ हमला गर्यो ६१ बालबालिका सहित दुई सय १२ भन्दा बढी प्यालेस्टिनीको ज्यान गयो । यसैको विरोधमा अहिले दोहा, म्याड्रिड, लण्डन तथा पेरिसजस्ता विश्वकै ठूला सहरहरुमा प्रदर्शनहरु भइरहेका छन् ।

इराकः

इराकका सहरहरुमा अहिले प्यालेस्टिनीको समर्थनमा ऐकबद्धता जनाउँदै सयौंको संख्यामा प्रदर्शनकारीहरु उत्रिएका छन् । तिनले प्यालेस्टाइनको झण्डा बोकेका छन् । राजधानी बगदाद लगायत अन्य बेबीलोन, दि क्वायर, बास्राजस्ता दक्षिणी सहरहरुमा पनि प्रदर्शनकारी उत्रिएका छन् । 


प्यालेस्टिनीको समर्थनमा ऐकबद्धता जनाउँदै इराकी प्रदर्शनकारीहरु


कतारः

कतारको दोहामा पनि प्यालेस्टाइनको झण्डा बोकेर प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् । ‘म हाम्रो मुलुकमा इजरायलले गरेको कत्लेआमको विरुद्ध उभिएको छु । हामी हाम्रो मुलुकलाई स्वतन्त्रता दिलाउन जे पनि गर्न तयार छौं ।

यसैको लागि हामी यहाँ आन्दोलनरत छौं । प्यालेस्टाइनमा जे भइरहेको छ म एकदमै दुःखी छ, मलाई एकदमै रिस उठेको छ ।’ दोहामा बस्दै आइरहेका प्यालेस्टिनी रिम अल्गुलले अलजजिरालाई भनेका छन् । 


दोहाको मोहमद अब्देल वाहब मस्जिदअघि हज्जारौंको संख्यामा प्रदर्शनकारी


अमेरिकाः

त्यसैगरि, युनाइटेड स्टेट अफ अमेरिकामा समेत हज्जारौं प्रदर्शनकारी उत्रिएका छन् । लस एन्जल्स, न्युयोर्क, बोस्टन, एटलान्टा लगायतका सहरका सडकहरुमा शनिबारनै इजरायललाई गाजामाथि हवाइ आक्रमण रोक्ने दवाब दिदैँ प्रदर्शनहरु भएका थिए ।

लस एन्जल्सको फेडरल बिल्डिङदेखि दुई माइल परको इजरायली कन्सल्टेन्टको कार्यलयसम्म प्रदर्शनकारीले मार्च पास गर्दा चक्काजाम नै भएको थियो । प्रदर्शनकारीले ‘प्यालेस्टिनी स्वतन्त्रता, जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।


अमेरिकाको लस एन्जल्समा भएको प्रदर्शन


अझ ब्रुकलिन, न्युयोर्क जस्ता ठूला सहरको अरब समुदायको बाहुल्यता भएको क्षेत्रमा त घण्टौंसम्म प्रदर्शनहरु भएका थिए । फुटेजले देखाउँछकी उनीहरु झण्डा फहराउन बिजुलीको पोलमा चडेका थिए भने कतिपयले आतासबाजी पनि गरेका थिए । 

फ्रान्सः

उत्तरी पेरिसको बार्बस नजिकै सयौं प्रदर्शनमा उत्रिएका थिए । ४२०० सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो भने प्रहरीले भिड तितर–बितर पार्न अस्रु ग्याँस र पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । खासमा यो प्रदर्शन जिउज विरुद्धको आक्रमणमा परिणत नहोस् भन्ने डर प्रशासनको थियो ।


फ्रान्समा प्यालेस्टिनी झण्डा सहितका प्रदर्शनकारीहरु


हमास र इजरायलको द्वन्दसँगै पछिल्लो समय यस्ता हिंसाहरु पनि बढेका छन् । प्रदर्शनकारीले सडकमा आगो बालेका थिए पनि प्रहरीमाथि ढुङ्गामुढा पनि गरेका थिए ।

क्यानडाः

क्यानडाको टोरन्टोमा पनि हज्जारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए । तिनीहरु सबै गाजाका प्यालस्टिनीको समर्थनमा थिए । प्लालेस्टानियन युथ मोमेन्टले आयोजना गरेको र्यालीमा २५०० देखि ५००० रहेको अनुमान छ ।

तिनीहरुले हामी ‘प्लालेस्टिनीसँग छौं’ ‘प्यालेस्टिनी स्वतन्त्रता, जिन्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 


क्यानडाको टोरन्टोमा भएको प्रदर्शन


स्पेनः
स्पेनको म्याड्रिडको केन्द्र पर्टा डेल सोल प्लाजामा पनि प्लालेस्टिनी झण्डा र प्लेकार्ड सहित करिब २५०० प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । ‘यो युद्ध होइन, कत्लेआम हो’ भन्दै तिनले नारा लगाएका थिए । ‘तिनीहरु हाम्रो आम हत्या गर्दैछन्’ प्लालेस्टिनी मुलकी ३७ वर्षे अमिरा सेख–अलीले भनिन् । 


पर्टा डेल सोल प्लाजाको प्रदर्शनमा झण्डा बोक्दै एक प्रदर्शनकारी 


लेबनानः

सयौं लेबनानी तथा प्लालेस्टिनीहरुले लेबनान–इजरायल सिमानामा पनि प्रदर्शन गरेका छन् । तिनीहरुले सीमानाको पर्खाल पार गर्न पनि खोजेका थिए । इजरायलको गोलीले एक प्रदर्शनकारी घाइते पनि भएका थिए ।


लेबनान–इजरायल सिमानामा भएको प्रदर्शन


तिनले सीमा पर्खालमाथि तोडफोड गरेका थिए, सयौंले प्लालेस्टिनी र लेबनानी झण्डा बोकेका थिए । केहीले हिजबुल्ला ग्रुपको पहेँलो ब्यानर पनि समातेका थिए ।

कस्मिरः

भारत प्रशासित कस्मिरमा पनि प्लालेस्टिनीको समर्थनमा प्रदर्शन भएको छ । प्रदर्शन प्रहरी हस्तक्षेप भइको थियो भने करिब २० जना समातिएका छन् । शुक्रबारको नवाज पाठपछि लगत्तै मुख्य सहर श्रीनगरमा प्लालेस्टिनी झण्डा सहित प्रदर्शकारी सडकमा उत्रिएका थिए । तिनले इजरायल विरुद्ध नाराबाजी गरेका थिए । 


कस्मिरी कलाकार मुदासिर गुल जो प्यालेस्टिनीको समर्थनमा आर्ट बनाएको कसुरमा प्रहरीद्वारा समातिएका थिए 


‘हामी हिंसा भड्किने खालका कुनैपनि गतिविधी कस्मिरी सडकमा हुन दिदैँनौं’ कस्मिरका प्रहरी अधिकारीले भनेका छन् । ‘जब तिनी (इजरायली)हरु गाजामा बालबच्चाहरु मारिरहेका छन्, हामी कसरी मौन रहन सक्छौं, विश्वका सबै मानव उनीहरुको पक्षमा उभिनुपर्छ । यो मानवता र ऐकबद्धताको कुरा हो । तर हामी डरकै कारण त्यत्ति पनि गर्न सकिरहेका छौनौं ।’ कस्मिर श्रीनगरका २५ वर्षे युवाले अलजजिरालाई भनेका छन् ।

बेलायतः

‘गाजामा बम खसाल्न बन्द गर’ तथा ‘प्लालेस्टाइनलाई मुक्त गर’ जस्ता नारा र प्लेकार्ड सहित लण्डनमा पनि प्रदर्शन भएका छन् । यस्ता नारा सहित र्याली इजरायली दुतावासतिर सोजिएको थियो । दुताबास रहेको केनिस्टन हाइटमा एकदमै विसाल मास जम्मा भएको थियो ।

आयोजकका अनुसार त्यहाँ लाख बढी भेला भएको दाबी छ भने प्रहरीले भने यत्ति नै थिए भनेर भन्न नसकिने जनाएको छ ।


लण्डनमा भएको प्रदर्शन


जर्मनीः

जर्मनीको बर्लिनमा पनि प्यालेस्टाइनीको समर्थनमा प्रदर्शन भएको छ । त्यहाँको मार्च बर्लिनको निकोलिन डिस्ट्रिकले आयोजना गरेको थियो । निकोलिन डिस्ट्रिक टर्किस र अरबी मुलका मानिसहरु बस्ने क्षेत्र हो ।


प्यालेस्टाइनीको समर्थनमा बर्लिनमा सहभागी प्रदर्शनकारीहरु
 


प्रदर्शनकारीहरुले ‘इजरायललाई खारेज गर’ जस्ता नारा लगाएका थिए भने तिनले प्रहरीलाई पानीको बोतल र ढुङ्गा प्रहार समेत गरेका थिए । धेरैलाई प्रहरीले नियन्त्रणमा लिन परेको थियो । फ्रन्कफर्ट, लेपजिङ्ग, ह्यामबर्ग लगायतका अन्य सहरहरुमा पनि प्रदर्शन चर्किएको थियो ।

(सम्पुर्ण सामाग्री तथा फोटोहरु अलजजिराबाट साभार गरिएको हो ।)


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार