तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २० सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

राष्ट्रघाती महाकाली सन्धि भएकाे दिन

विसं २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले एउटा सन्धिमा हस्ताक्षर गरे । सन्धिकाे नाम थियाे, महाकाली सन्धि । 

उक्त सन्धि हुँदा नेपालका नेताहरूले सन्धि पारित भएमा नेपाललाई वर्षको एक खर्ब २० अर्ब रुपैयाँ प्राप्त हुने र सूर्य पश्चिमबाट उदाउने दाबी गरेका थिए । 

हस्ताक्षरपछि २०५३ साल असोज ४ गते अर्थात् आजकै दिन नेपालकाे संसदले उक्त सन्धिलाई दुईतिहाइ बहुमतले पारित गर्याे । तत्कालीन समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले समेत साे सन्धिकाे पक्षमा मतदान गर्याे । तर, एमालेकै केही नेताहरूले भने सन्धि नेपालको हित विपरीत रहेकाे भन्दै त्यसकाे खुलेर विरोध गरे । साेही विषयमा विवाद बढ्दै जाँदा नेकपा एमाले फुट्न पुग्याे ।

अधिकांश पानी भारतले लैजाने र नेपालको भागमा थोरै पानी पर्ने भएकाेले यसको विरोध भएको थियो । सन्धिपश्चात भारतले पानी लैजानेबाहेका कुनै पनि बुँदाहरू कार्यान्वयन गरेन । त्यस्तै, सन्धिले सुगाैलीअनुसार रहेकाे नेपाल-भारत सीमा महाकाली नदीले निर्धारण नगरेकाे भई अधिकांश भूभागमा सीमा नदी रहेकाे भनी अपव्याख्या समेत गर्याे । फलस्वरूप लिपुलेक र लिम्पियाधुरामा नेपालले अन्तहीन भारतीय अतिक्रमण भाेग्नुपर्याे । 


स्याटलाइटबाट लिइएकाे प्रस्तुत तस्वीरले महाकाली सन्धिकाे यथार्थ बयान गर्दछ । तस्वीरमा ठूलाे नहरजस्ताे देखिने संरचनामा भारतले पानी लगेकाे छ भने नेपालतर्फ कुलाेजस्ताे देखिने संरचनामा पानी छाेडिएकाे छ । 


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार