एजेन्सी – तालिवानले आचरण तथा दण्डमामिला मन्त्रालय ब्यूताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो ।  देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय स्थापना गरिएको थियो । अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिरन निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही  मन्त्रालयले गर्छ ।

‘हाम्रो मुख्य उदेश्य मुस्लिमको सेवा गर्नु हो । तसर्थ, आचरण तथा दण्डमामिला मन्त्रालय अनिवार्य छ,’ मन्त्रालयका प्रवक्ता मोहम्मद युसुफले भने ।

‘हामी मुस्लिम कानून अनुसार सजाय दिन्छौँ । कानूनले जे निर्देश गर्छ सोही अनुसार हामी अगाडि बढ्छौँ । ठूला अपराध गर्नेलाई सजाय दिन मुस्लिम धर्ममा कठोर कानूनको व्यवस्था छ’, उनी अगाडि थप्छन्, ‘जस्तैः हत्या अभियोगीलाई अलग कानून हुन्छ । तपाईंले  जानेर कसैको हत्या गर्नुहुन्छ भने त्यसको बदलामा तपाईंको हत्या हुन्छ । तर, नियतवश होइन भने अर्कै सजाय हुन्छ । ’

सरिया कानूनअनुसार अपराधीको हात काटिदिनेदेखि बलात्कारको अभियोग लागेकालाई यातना दिएर हत्या गरिन्छ । कथित अनुशासन कायम गर्ने भन्दै तालिवानले पहिलो शासनकालमा सडकमा आचरण प्रहरी परिचालन गरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार