तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । आजको दिनले पनि इतिहासमा यही अर्थ राख्छ । आज विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

नेपालमा घट्याे कोतपर्व

विसं १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रूपमा परिचित छ । विसं १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्याको दोषी पत्ता लगाउन महारानीको आदेशले विसं १९०३ असोज २ गते राति कोतमा भेला भएका नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाहलगायतका ४० जनाको हत्या भयो । उक्त हत्याकाण्डको फाइदा उठाउँदै जङ्गबहादुर नेपालको पहिलो राणा प्रधानमन्त्री बने । उनको सो शासनको परिधि १०४ वर्षसम्म फैलियो । जसले नेपाली समाजमा विभेद र अन्यायलाई गहिरो गरी स्थापित गरिदियो । 

न्यूयोर्क टाइम्सको शुरूआत

न्यूयोर्क टाइम्स दुनियाँको सर्वाधिक चर्चित पत्रिकाहरूमध्ये पर्छ । ‘द ग्रेट लेडी निकनेस’का रूपमा चर्चित यो पत्रिका हाल अमेरिकामा दोस्रो स्थानमा छ । जबकी पहिलो स्थानमा द वाल स्ट्रीट रहेको छ ।

द न्यूयोर्क टाइम्सको शुरूआत १८ सेप्टेम्बर १८५१ मा भएको थियो । हाल यो  ६ मिलियनभन्दा बढीप्रति बिक्री हुने गरेको बताइन्छ । यद्यपि यसका कुल पाठकको संख्या भने ५० मिलियनभन्दा बढी रहेको तथ्यांकहरूमा उल्लेख छ । 

टाइम्सले सन् १०७१ को पुलित्जर पुरस्कारसमेत पाएको थियो । तत्पश्चात यसले विश्वभरिबाट वितरण हुने १२० भन्दा बढी प्रतिष्ठित अवार्डहरू समेत हात पारेको छ ।


न्यूयाेर्क टाइम्स लेआउट । स्राेतः behance 


प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार