तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १६ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

३ हजार प्यालेस्टेनी शरणार्थीको हत्या
सन् १९८२ मा लेबनानका दक्षिणपन्थी लडाकुले राजधानी बेरूतमा रहेका दुई ओटा प्यालेस्टेनी शरणार्थी शिविरमा आक्रमण गरी ३ हजार शरणार्थीको हत्या गरेका थिए । दुई वटा शिविरमा रहेका प्यालेस्टेनी शरणार्थीलाई लेबानी क्रिष्चियन फलांगिष्ट समूहमा आबद्ध लडाकुले तीन दिनसम्म हमला गरेका थिए ।

इरानमा विनाशकारी भूकम्प
इरानमा सन् १९७८ मा गएको शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति भएको थियो । ७ दशमलब ७ म्याग्निुच्युडको सो भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भएको थियो भने अरू हजारौँ घाइते भएका थिए । भूकम्पका कारण करोडौँ डलर क्षति भएको थियो ।

मलेसिया स्थापना
सन् १९६३ मा सबाह, सरवाक र सिंगापुरसमेत एकीकृत गरी मलेसिया महासंघ गठन भएको थियो । तर, दुई वर्षपछि सिंगापुर अलग भएको थियो ।

मोर्टस कर्पोरेसन स्थापना
सन् १९०८ मा अमेरिकाको मिसिगनमा विलियम सी डुरेन्ट र चाल्र्स स्टिवार्ट मोटले स्थापना गरेको मोर्टस कर्पोरसन ट्रक र कार निर्माणको क्षेत्रको अहिलेसम्मकै ठूलो कम्पनी हो । जीएम नामलेसमेत चिनिने सो कम्पनीले विक, क्याडिलेस, सिभरोलेट, पोन्टायस र हमर ब्रान्डका कार निर्माण गरेको छ ।  

वाल स्ट्रिटमा वम बिस्फोट
सन् १९२० मा न्युयोर्कको वालस्ट्रिटमा अज्ञात समूहले बम बिस्फोट गराउँदा कम्तीमा ३८ जनाको मृत्यु भएको थियो । सो बिस्फोट अझै पनि रहस्यमय छ ।

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार