इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १५ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
चीन र जापानबीच शुरू भयाे पहिलाे युद्ध
चीन र जापानबीचको आपसी मतभेद सदियोँ पुरानो हो । चीन र जापानबीच यस्तो मतभेदका सिलसिला युद्धमा समेत परिणत भएका छन् । दुई देशबीचका यी युद्ध क्षेत्रीय अधिकारका लागि थिए भन्ने कुरा इतिहासले बताउँछ ।
चीन र जापानबीचको पहिलो युद्ध सन् १८९४ मा शुरू भयो । यो युद्ध झण्डै १ वर्षसम्म चलेकाे थियाे ।
चीन र जापानबीचको यो युद्ध मध्य कोरियामाथिको प्रशासनिक नियन्त्रणका लागि लडिएको थियो । जसमा जापानी सेनाले जीत हासिल गरेकाे थियाे । युद्धपछि कोरियाका साथै ताइवान र मंचूरियासमेत जापानको हात लाग्याे ।
चीन र जापानबीचको यो युद्धमा दिलचस्प मोड आयो, सन् १८९४ सेप्टेम्बर १५ मा । त्यसदिन जापानी सेनाले प्याङयोङमाथि हमला गर्यो ।
यद्यपि चिनियाँ सैनिक यसअघि नै प्याङयोङको रक्षाका लागि पहरा गरिरहेका थिए । तर, जापानी सेनाले गुरिल्ला युद्ध नीतिमार्फत चिनियाँ सेनाको चक्रव्यूह तोड्न सफल भयो ।
जापानी सेनाको तेजतर्तार आक्रमणकाअघि चिनियाँ सेनाले आत्मसमर्पण गर्यो । यस युद्धमा चीनतर्फका २ हजारभन्दा धेरै सैनिकको मृत्यु भयो भने ४ हजार सैनिक घाइते भए । उता, जापानतर्फ भने १०२ जनाको क्षति भयो भने ४३३ जना घाइते भए ।
ह्यारीको जन्म
सन् १९८४ को १५ सेप्टेम्बरमा वेलायती राजकुमार ह्यारीको जन्म भएको थियो । चाल्स र डायनाको कान्छो सन्तानको रूपमा ह्यारीको जन्म भएको हो । अमेरिकी महिला मेघन मर्केलसँग विवाह गरेका ह्यारीले राजकीय सुविधा नलिने घोषणा गरेका छन् ।
जर्मनीमा विवादास्पद कानून
सन् १९३५ मा जर्मनीमा एउटा विवादास्पद कानुन कार्यन्वयनमा ल्याइएको थियो । नाजी पार्टीले ल्याएको सो कानुनले यहुदीको नागरिकता रद्द गर्नुका साथै गैर यहुदी मुलका मानिससँग सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको थियो । सोही कानुनअनुसार जर्मनीको आधिकारिक संकेत स्वस्तिक राखिएको थियो ।
राष्ट्रसंघको सेना दक्षिण कोरियामा
सन् १९५० मा कोरिया युद्धको समयमा दक्षिण कोरियाको इन्चोन सहरमा राष्ट्रसंघको सेना सवार एउटा विमान अवतरण गरेको थियो । सेना परिचालनसँगै कोरियाली प्रायद्धीपको तनाब झन चर्किएको थियो ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...