एजेन्सी: फिलिपिन्सले कोरोना भाइरसको उच्च संक्रमणका बावजुद राजधानी मनिलामा जारी विभिन्न प्रतिबन्ध सहज बनाउने भएको छ। यहाँका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार आर्थिक गतिविधिलाई तीव्रता दिन यस किसिमको निर्णय गर्न लागिएको हो ।
उक्त निर्णयअनुसार भीडभाड कम हुने गरी राजधानी क्षेत्रमा रेस्टुँरा, चर्च र सौन्दर्य र शृङ्गारका पसलहरू बिहीबार देखि पुनः सञ्चालनमा आउनेछन् । यस निर्णयबारे जानकारी दिदै स्थानीय अधिकारीहरूले स्वास्थ्य संवेदनशीलतालाई पूर्णरूपले ख्याल गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिन र रोजगारीको व्यस्थापनका निम्ति यस किसिमको निर्णय लिइएको बताएका छन् ।
भाइरस सङ्क्रमणको दर भने वृद्धि भइरहेको छ। गतहप्ता मात्र १४०,००० जनामा सङ्क्रमण पुष्टि भएको थियो। राजधानी मनिलालाई अत्यन्त सावधानी अपनाउनुपर्ने स्थानमा राखिएको छ, जसले गर्दा यहाँका व्यापारीहरू कुन कुन व्यवसाय कुन कुन मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भनेर अन्योलमा परेका छन् ।
पूरै डोज खोप लिएका कामदार र सेवाग्राहीहरुले १० प्रतिशतको क्षमतामा रेष्टुँरा र सौन्दर्यका पसलहरूमा आन्तरिक सेवा सञ्चालनमा ल्याइने छन् भने ३० प्रतिशत क्षमतामा बाह्य सेवाहरू पनि सञ्चालमा ल्याइनेछन् । यहाँका व्यापार सचिव रामन लोपेजका अनुसार कोभिड महामारीपछि यहाँका खाना र मनोरञ्जन क्षेत्रहरूमा २० लाख भन्दा बढी कामदारहरू बेरोजगार बनेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...