इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १४ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
माइक्रोसफ्टले गर्यो विन्डोज एमइ लञ्च
१४ सेप्टेम्बर सन् २००० मा माइक्रोसप्ट कम्पनीले विन्डोज एमइको लञ्च गर्यो । जसको पूरा नाम विन्डो मिलेनियम एडिसन थियो । जुन माइक्रोसफ्टले बनाएको ग्राफिकल अपरेटिङ सिस्टम थियो ।
यो विन्डोज नाइन एक्स शृङ्खलामा जारी गरिएको थियो । जुन नाइन एक्सको अन्तिम अपरेटिङ सिस्टम थियो । जसलाई विन्डोज ९ एक्सभन्दा राम्रो अपरेटिङका रूपमा प्रस्तुत गरिएको थियो ।
यस विन्डोलाई मुख्यतः वैयक्तिक प्रयोजनका लागि घरमा पिसीमा काम गर्नेहरूलाई ध्यानमा राखेर बनाइएको थियो । जसप्रति होम युजर्सहरू भारी मात्रामा आकर्षित भए ।
विन्डोज एमईमा इन्टरनेट एक्सप्लोरर ५।५ विन्डोज मिडिया प्लेयर ७ समेत दिइएको थियो । त्यस्तै यसमा वेसिक भिडिओ एडिटिङका लागि नयाँ विन्डोज मुभी मेकर सफ्टवेयरको सुविता समेत दिइएको थियो ।
डेनमार्कमा प्रेस स्वतन्त्रताले पायो मान्यता
लोकतन्त्रको चौथो स्तम्भका रूपमा प्रेसलाई लिइन्छ । मानिन्छ, सबल लोकतन्त्रको बहाल तब मात्रै हुन्छ, जब प्रेस स्वतन्त्र हुन्छ ।
डेनमार्कमा पनि लामो समयदेखि प्रेस स्वतन्त्रताको माग उठ्दै आएको थियो । यही सन्दर्भमा डेनमार्कमा १४ सेप्टेम्बर १७७० मा प्रेस स्वतन्त्रता हासिल भयो ।
प्रेस स्वतन्त्रता डेनमार्कको स्वतन्त्रताभन्दा कम महत्वपूर्ण थिएन । पश्चिममा १७ औँ र १८ औँ शताब्दीमा व्यक्ति स्वतन्त्रता, अधिकार र प्रतिष्ठाका पक्षमा जबरदस्त राजनीतिक लहर पैदा भएको थियो । यसको अलावा विधायी संरक्षणको मागले समेत तुल पक्रेको थियो । यस्तोमा प्रेस स्वतन्त्र हुनु डेनमार्कका लागि महत्वपूर्ण थियो ।
तत्कालीन डेनमार्कमा प्रेसमाथि लगाइएको 'सेन्सरको हन्टर' प्रेसको आजादीलाई संकुचित गरिरहेको थियो । १७७० भन्दा पहिले डेनमार्कमा प्रेसमाथि सेन्सरसिको छायाँ स्पष्टरूपमा देख्न सकिन्थ्यो । यसअघि स्वीडेनले पनि १७६६ मा प्रेस स्वतन्त्रता हासिल गरेको थियो ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...