इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ११ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनामध्ये एउटामाथि दृष्टिगोचर गरौँः

बर्लिनको अद्भुत पर्खालको निर्माण

१३ सेप्टेम्बर १९६१ मा जर्मनी बर्लिनको अद्भुत पर्खाल निर्माण शुरू भयो । यो पर्खाल बनाइनुको पछाडि लामो कहानी छ ।

१९४५ मा द्वितीय विश्वयुद्धको समाप्तीपछि जर्मनी चार टुक्रामा विभाजित भयो । कालान्तरमा बर्लिनलाई एउटा केन्द्रका रूपमा अघि सारी जर्मनीलाई दुई भागमा स्थापित गरियो । ती थिए, पूर्वी जर्मनी र पश्चिमी जर्मनी ।

जर्मनीको पश्चिमी क्षेत्रमा पुँजीवादी अमेरिकाको हालीमुहाली थियो भने पूर्वी क्षेत्रमा भने साम्यवादी सोभियतको कब्जा थियो ।

दुई क्षेत्रबीच तनाबको स्थिति सिर्जना भएपछि बर्लिनमा पर्खाल लगाउने घोषणा गरियो । जसले जर्मनी विभाजनको बलियो नीबको काम गर्यो । 

पछि सन् १९८९ मा लगभग ५ हजार मानिस पर्खाल कुदेर पश्चिमी जर्मनीमा प्रवासका लागि गए, फलस्वरूप त्यही प्रवास जर्मनीबाट २ महाशक्तिलाई फर्काउने कारगरी बन्यो । कालान्तरमा अर्थात् ३ अक्टोबरमा जर्मनीका यी दुवै भागहरू एक भए । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूबाट संकलन गरिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रिया अपेक्षित छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार