काठमाडाैँ - पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का क्रान्तिका नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो ।

दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालो विगत २९ वर्षदेखि बन्दीजीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर भएको थियो ।

दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार