एजेन्सी- उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ । दिउसो करिब ३ः०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो ।

अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने पम्प पम्प जाँच गर्ने क्रममा बेहोस भएका र उनलाई उद्धार गर्न खोज्दा अरू थुप्रै बेहोस भएका थिए । घटनापछि जिल्ला सरकारद्वारा पठाएको उद्धार टोली घटनास्थल पुगी उद्धार गरेपनि एक व्यक्तिलाई मात्र जोगाउन सकिएको अरू छ जनाको मृत्यु भएको जिल्ला प्रशासनले बताएको छ ।

दुर्घटनाको कारणबारे छानविन भइरहेको बताइएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार