तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ११ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनामध्ये एउटामाथि दृष्टिगोचर गरौँः
 

अमेरिकामाथि भयो दुनियाँकै ठूलो आतंकी हमला

९ सेप्टेम्बर २००१ मा अमेरिकामा दुनियाँकै ठूलो आतंकी हमला भयो । घटना भएको दिन पनि मानिसहरू सदाझैँ बिहान वर्ल्ड ट्रेड सेन्टरमा कार्यार्थ पुगे । अमेरिकी समयअनुसार बिहान ८ः४६ बजे न्यूयोर्क सहरस्थित वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा एउटा जेट विमान ठोक्कियो । जेट ठोक्किएसँगै चारैतिर तनाबको महोल शुरू भयाे । 

तनाबकै बीच झण्डै ९ः३ बजेको समयमा अर्को जेट दक्षिणी टावरमा पनि ठोक्कियो । र, त्यहाँ भयानक आगलागी शुरू भयो । योसँगै उक्त घटना अमेरिकामा भएको सबैभन्दा ठूलो आतंकी हमलाका रूपमा दरियो । 

हमलापछि अमेरिकाको सान मानिने वर्ल्ड ट्रेड सेन्टर निमेषभरमै धुवा बन्यो भने हमलामा झण्डै ३ हजार जनाले ज्यान गुमाए । 

आतंककारीहरूले घटना घटाउन ४ वटा जेट विमानहरू अपहरण गरेका थिए । यीमध्ये दुईवटा जेट वर्ल्ड सेन्टरमा ठोक्काइए भने १ वटा पेन्टागनमा ठोक्काइयो । त्यस्तै, अर्को एउटा विमान भने दुर्घटनामा पर्यो । 

हमलाको जिम्मा अलकायदाले लियो । जसका प्रमुख थिए, ओसामा बिन लादेन । घटनापछि अमेरिकाले तत्कालै अलकायदाविरुद्ध युद्धको घोषणा गर्यो । अमेरिकाको बदलाको युद्ध अर्को २० वर्ष चल्यो, जसको परिणाम अफगानिस्तानले नराम्ररी भोग्नुपर्यो । 

हमलाको वर्षौंपछि अर्थात् २०११ मे २ मा अमेरिकाले पाकिस्तानको ऐबटाबादमा रहेका ओसामा बिन लादेनको खोजी गरी एक सैन्य कारबाहीमार्फत हत्या गर्यो । योसँगै उसले बदला पूरा भएको ठहर मान्यो । यद्यपि अमेरिकी सेना अफगानिस्तानबाट भने केहीदिन अघि अर्थात् सन् २०२१ मा मात्रै फर्कियो । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार