भर्खर भर्खर एक व्यक्तिलाई मृत्युदण्ड दिइँदै छ ।
कयौँ बिरामीहरू उसको लास नजिक जम्मा हुँदै छन् । र, लास अझै पनि तड्पिरहेको छ । चलमलाइरहेको छ ।
जुन भाग्यमानी व्यक्तिहरूलाई आ-आफ्नो गिलास भर्ने सौभाग्य प्राप्त भएको छ, उनीहरू तुरुन्तै ठाडो घाटी लगाएर रगत पिइरहेका छन् । एकै श्वासमा उनीहरू तातो रगत पिएर आफ्नो छातीलाई शीतलता प्रदान गर्दै छन् ।
यो आधुनिक डेनमार्कको शुरूवाती दिनको कुरा हो ।
उसो त, यो एक गम्भीर प्रकृतिको उदाहरण हो- निकै गम्भीर तर शीर्ष चिकित्सा वैज्ञानिकहरूका अनुसार त्यस समय युरोपमा मिर्गी (नेपालीमा चरिफाइ पनि भनिन्छ), अङ्ग्रेजीमा Epilepsy, को उपचार रगतमा रहेको मानिन्थ्यो ।
आधुनिक समयको शुरूवातमा प्राप्त हुने ‘शव औषधि’लाई दुई वर्गमा विभाजित गर्न सकिन्छ । एक, लोकप्रिय उपचार संरक्षित गरिएको लासहरूबाट गरिन्थ्यो, जहाँ प्राचीन मिश्रमा लासहरूको सुकेको मासु निकालेर पाउडर बनाइने गरिन्थ्यो । तर केही डाक्टरहरू त्यस समय लासबाट निकालिएका अवयवहरूलाई दबाईको रूपमा प्रयोग गर्दथे । यस्तो दबाईमा ताजा छाला, रगत र यहाँसम्म कि पुट्ठाको मासु पनि सामेल थियो , जसलाई उपयोग गर्नु पूर्व सावधानीसाथ सुकाउने र सफा गर्ने गरिन्थ्यो ।
कयौँ चिकित्सा विशेषज्ञहरूको दावा थियो- मिर्गीको लागि सबैभन्दा उपयुक्त उपचार विधि भनेको ‘एउटा यस्तो लास हो, जो शुद्ध होस्, ताजा होस् र जसको रङ्ग हलुका रातो हो । साथै, लासको उमेर २४ साल आसपास भए अझ गजब । र, कुनै दर्दनाक मृत्यु प्राप्त भएको छ भने झनै गजब ।’
१५औँ शताब्दीमा जोन अर्डनद्वारा ल्याटिन भाषमा लेखिएको किताबबाट लिएको स्केच
कहिले-कहिले मानिसका खोपडीहरू पनि प्रयोगमा ल्याइन्थ्यो । साथै, ‘असनी’ नाम गरेको च्याउ (Fafund) लाई पनि उपयोगमा ल्याइन्थ्यो, जो लावारिस लासहरूको खोपडीमा उम्रने गर्दथे ।
आदमखोरीः
हामी जान्न असमर्थ छौ कि यस्तो किन भयो कि चिकित्सा विज्ञानको पारम्परिक इतिहासमा लासहरूबाट उपचार गरिएको तथ्यलाई उल्लेख गरिएको छैन । तर यसप्रकार उपचार पद्धति कुनै दैविक कहानी र कुनै गलत तथ्य भने होइन ।
यो उपचारपद्धति केही हदसम्म ग्रीक र अरब चिकित्सा परम्पराबाट लिइएको हो । यस उपचार पद्धतिलाई धेरै शिक्षित व्यक्तिहरू स्विकार्ने मात्रै होइन, वर्तमानमा यसो गर्न सुझाव दिन्छन् । सुझाव दिने वैज्ञानिकरदार्शनिकहरूमा जोन डन, महारानी एलिजाबेथको सर्जन जोन बेनिस्टर र रासायनिक विशेषज्ञ रोबर्ट बोयलको नाम अगाडि आउँछ ।
इस्वीको १६८५मा मान्छेको खोपडीबाट बनाइएको झोल ओखतीको उपयोग ब्रिटेनको राजा चार्ल्स द्वितीयको उपचारको लागि गरिएको थियो । यसबाट यो स्पष्ट हुन् आउँछ कि लासको प्रयोगमार्फत विकसित उपचार पद्धति एक तरिकाले आदमखोरी नै थियो ।
१५ औँ शताब्दी र त्यसपछि युरोपमा लगभग हरेक ठाउँमा ‘पुरानो समयको आदमखोरी’लाई गलत मानिन्थ्यो, जसको खोज अमेरिकामा पछिल्ला दिनहरूमा भएको छ । तर, कसैले पनि यसप्रकारको उपचार विधिलाई ‘आदमखोरी’ भनेका छैनन् ।
उसो त, यसबाट समाज बेचैन पनि हुन् सक्थ्यो तर इतिहासमा यो एक लोकप्रिय उपचार विधि र आकर्षक उपचार थियो । यति आकर्षक र लोकप्रिय कि व्यापारीहरू मिश्रको चिहान मात्रै लुटिरहेका थिएनन्, उनीहरू ढोका दिएर गरिब र कमजोर व्यक्तिहरूलाई उँटको मासुसम्म बेच्ने गर्थे ।
यो उपचारपद्धति १५ औँ शताब्दीको अन्त्यसम्म कायममुकायम रह्यो, तर जर्मनीको आजभन्दा १०० वर्ष अगाडि (हिटलरको समय)सम्म पनि कायममुकायम थियो ।
इस्वीको १६४४मा ब्राजिलमा भइरहेको आदमखोरीको एक दृश्य, जहा स्थानीयवासीहरूहरू आ-आफ्नो दुश्मनहरूलाई खाइरहेका छन् । ‘द एल्डर इज वा क्यासेल’बाट
असली उपचारः
यसप्रकारको उपचार विधि निकै घिनलाग्दोरडरलाग्दो हुने गर्दथ्यो । अब प्रश्न उठ्छ कि यसप्रकारको उपचार विधि यति लामो समयसम्म कसरी रहन सक्यो ?
यसको जवाफ सरासर यही हो- तत्कालीन चिकित्सा एवं विशेषज्ञहरू क्लासिकी युनानीको समयका चिकित्सा एवं विशेषज्ञहरूलाई अधिक महत्त्व दिन्थे । यसको अलावा यो पनि महत्त्वपूर्ण तथ्य हो( त्यस समयको उपचार प्रणालीले ल्याटिन भाषा प्रयोग गर्दथ्यो र सहीरगलतको हिसाबकिताब पनि सोही भाषाको नियन्त्रणमा थियो ।
इस्वीको १५९९ भन्दा केही समयअगाडि, एक पर्यटकले मिश्रको काहिराको एक पिरामिडको बारेमा लेखका थिए । उनले लेखोटअनुसार, ‘प्राचीन व्यक्तिहरूको लासहरूलाई दिनहुँ निकाल्ने गरिन्छ , तर ती लासहरू सडिगलेका भने हुँदैनन् । बरु यसरी निकालिएका लासहरू एकदम सही हालतमा हुने गर्छन् । साथै, यो ती लासहरू थिए- जो आम मानिसको मर्जीको खिलाफ उनीहरूलाई औषधी भन्दै खुवाउने गरिन्थ्यो ।”
यसबाट स्पष्ट हुन् आउँछ कि, डाक्टरहरू आफ्नो बिरामीहरूको क्षीण शरीरको उपचारका यी- यस्ता लासका विभिन्न अवयवहरू प्रयोग गर्दथे ।
इस्वीको १६४७ मा, उपदेशक एवं लेखक थोमस फिलरले संरक्षित गरिएको लासहरूलाई ‘खराब भोजन र असल दबाई’ बताएका थिए । उनले यस कथनको यही अर्थ निकाल्न सकिन्छ कि मानिसको मासुलाई चिकित्सकहरू विभिन्न विधि अपनाएर सफाइ गर्थे र मानव शरीरको काँचो मासु कुनै पनि अर्थमा गलत थिएन ।
यद्यपि, रिफाइनिङको त्यो चरण ‘विज्ञान’को शक्तिमाथि होइन कि मानव शरीरको धार्मिक र आध्यात्मिक शक्तिमा निर्भर थियो ।
स्रोत : गेटी इमेज
आत्मा, मानव जीवनको शक्तिः
युरोपीय पुनर्जागरणको समयमा, यो आम धारणा थियो कि मानव आत्मा नै शारीरिक दुखहरूको प्रमुख जिम्मेवार कारक तत्त्व हो । सिद्धान्त यो थियो कि, आत्माको स्वयं कुनै रूप छैन, तर यो रगत र हावाको मिश्रणसहित शरीरमा चिप्किरहन्छ । साथै, आत्मा यो मिश्रणसहित शरीरमा चक्कर मारिरहेछ, घुमिरहन्छ ।
पुनर्जागरण कालका विचारहरूको अनुसार, लासहरूबाट उपचार गर्नु एक महत्त्वपूर्ण रासायनिक विज्ञान थियो, जसले जिन्दगीलाई ताजगी प्रदान गर्दथ्यो । साथै, रुमानी रहस्यहरूलाई आफूमा धारण गर्ने शक्ति पनि यसबाट प्राप्त हुन्थ्यो ।
र, जब तातो रगत पिउने कुरा आउँछ, यो कुरा अझ स्पष्ट हुन् आउँछ । रोगी जीवनको मूल पदार्थलाई उसैप्रकार आफू भित्र लिन्थ्यो जस्तो कि जीवित शरीरभित्रै मौजुद होस् ।
१७ औँ शताब्दीको अन्त्यमा, कवि एवं चिकित्सक एडवर्ड टेलरले लेखेका थिए, “तातो एवं चिसो दुवै खाले मानव रगत रोगीहरूसँग लड्न सक्षम छन् ।” र, इस्वीको १७४७ सम्म, अङ्ग्रेज चिकित्सकहरू मिर्गीको उपचारको लागि ताजा, तातो रगत प्रयोग गर्ने सुझाव दिने गर्दथे ।
यस अलावा, आध्यात्मिक फिजियोलोजीको कारण पनि मानव मांस खाने प्रचलन प्रचलित थियो । याद रहोस्, माथि नै भनिएको थियो कि संरक्षित गरिएको लास एक नौजवानको होस् र उसको ‘दर्दनाक मृत्यु’ भएको होस् ।
एक समयमा पंक्षीहरूको रगत पनि विभिन्न रोगहरूको औषधिको रूपमा प्रचलनमा थियो !
दर्दनाक मृत्यु डरलाई जन्म दिन्छ
मेडिकल थ्योरीका अनुसार डरको प्रमुख कारण आत्मा महत्त्वपूर्ण शारीरिक अङ्गहरू जस्तै कलेजो, हृदय एवं मस्तिष्कलाई छाडेर मासुमा समेटिन पुग्दछ । यसकारण व्यक्ति रगमगाई रहन्छ या उसको आँखामा रहस्यमय चमक पैदा हुने गर्दछ । यसैकारण यस्ता व्यक्तिहरूको लासलाई विशेष महत्त्व दिइने गरिन्छ ।
मिश्रका ममीहरू आफ्नो सुखापनको लागि विश्वभर प्रसिद्ध छन्, जसमा यो जीवन शक्ति नहुनु पर्ने हो, होइन रु तर एकदम ठिकठाक अवस्थामा भेटिएका यी लासहरूको मतलब त यही हुन् आउँछ कि, यी लास (ममिज)मा अझै पनि आत्माको अस्तित्व छ । कथनअनुसार, यी लासहरूले संरक्षणको चरण पार पश्चात् सिलबन्दी गरिएको हो ।
यसैगरी, निकै समय पहिले मृत्युवरण गरेका व्यक्तिहरूको खोपडीमाथि उम्रिएको च्याउलाई आध्यात्मिक दृष्टिकोणले निकै महत्त्व दिइने गरिन्छ । विचारकहरूको मतअनुसार, यदि कुनै व्यक्तिलाई घाँटी दबाएर मृत्युको सजाय दिइन्छ भने उसको मस्तिष्कमा मौजुद आध्यात्मिक शक्ति सात वर्षसम्म रहिरहन्छ ।
इस्वीको १६०४ मा हामी विलियम शेक्सपियरको चरित्र ओथेलोलाई उसको रुमालको प्रशंसा गरिएको अवस्थामा भेट्न सक्छौँ, किनभने उसको रेशमी रुमाल ‘एक कुमारी महिलाको संरक्षित मुटुबाट निक्लिएको रगतले रङ्गाइएको थियो ।” यो प्रस्ट छ, त्यस समयमा किशोरकिशोरी (कुमारकुमारी)हरूलाई आध्यात्मिक शुद्धताको उच्चतम स्तर मानिन्थ्यो ।
उसो त, हृदयको चिकित्सकीय उपयोग गरिनु अजीव कुरा होइन तर यो कथन यस आम धारणामा आधारित हुन् सक्दछ कि आत्माको सबैभन्दा शुद्ध र उत्तम भाग देब्रे भेन्ट्रकिल या हृदय (एकप्रकारले गुफा) मा पाइने गर्दछ ।
अलग-अलग व्यक्तिहरूको लागि अलग-अलग अर्थः
लासहरूबाट उपचार गर्नुको अर्थ अलग-अलग व्यक्तिको लागि अलग-अलग रह्यो ।
जो व्यक्तिहरू यसलाई वर्जित मान्ने गर्दथे, सायद उनीहरूका यो विचार बढ्दो व्यापार, पश्चिमी चिकित्सा, पुस्तक एवं टेक्नोलोजीको कारण बदलिए । उनीहरूको लागि आधुनिक उपचार विधि नै स्वीकार्य हुन थाल्यो ।
तर, ठुलो समूहको लागि यो विधि मानव जीवनको सबैभन्दा पवित्र र मौलिक तत्त्वको साथमा आउने एउटा बाटो थियो ।
ओथेलोको रुमाल सबैभन्दा पवित्र रगतबाट रङ्गिएको थियो
हास्यास्पद कुरा, लासहरूलाई संरक्षित गर्नु चिकित्सकीय प्रणालीको मुख्यधारमा पर्दैन थियो, यो अप्रचलित नै रह्यो । यस विधि अप्रचलित हुनुमा डाक्टर स्यामुअल जोनसनको समकालीन यस उपचार विधिलाई सरासर अन्धविश्वास करार गरिदिनु मात्रै कारण थिएन, मानव समाजले समयक्रमनुसार आध्यात्मिक महत्त्वलाई दर किनारा लगाउँदै जान थालेको थियो ।
इस्वीको १७८२ मा, हामी देख्दछौँ कि विलियम ब्लेक खुसी हुँदै भन्छन् कि ‘मिश्रको ममी’ एवं ‘पुरुषहरूको खोपडी’ निकै दुर्गन्धित र महत्त्वहीन उपचार विधि थियो,जो अस्तित्वमा अब रहेन । उनले अझ अगाडी भनेका थिए, “यो र योजस्तै दूषित पदार्थहरूको मिश्रणले चिकित्सकीय प्रणालीमा अब आफ्नो स्थान गुमाइसकेको छ ।”
(रिचर्ड सिग डरहम युनिभर्सिटीमा प्राध्यापन गर्छन्, उनको पुस्तक मर्डर आफ्टर डेथमा चिकित्सकीय आदम खोरीमाथि प्रकाश पार्छ।) (बीबीसीबाट)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...