इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १० सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
भारतीय बोइगं ७३७ को अपहरण
भारतमा आपातकालकाे समयमा इण्डियन एयरलाइन्सको जहाज सनसनीपूर्ण ढंगबाट अपहरण गरियो ।
सन् १९७६ को १० सेप्टेम्बर अर्थात् आजकै दिन दिल्लीको पालम विमानस्थलबाट उडेको इण्डियन एयरलाइन्सको हवाइजहाज ६ जना आतंककारीहरूले अपहरण गरे । अपहरित जहाज बिहान ७ः३० बजे पालमबाट मुम्बइका लागि उडेको थियो । जहाजमा ६६ जना यात्री रहेका थिए ।
बोइंग ७३७ मुम्बइ पुग्नुअघि राजस्थानको जयपुरमा ल्याण्ड गर्ने कार्यक्रम थियो । दिल्लीबाट ३५ माइल टाढा ८ हजार फिटको उचाइमा उडिरहेको बेला विमान अपहरणमा परेको थियो ।
अपहरणकारीले पायलटहरूलाई विमानको दिशा लिबियातिर पार्न निर्देशित गरे । उत पाइलटहरूले त्यही बेला विमान अपहरणमा परेको सूचना ट्राफिक कन्ट्रोलरलाई दिन सफल भए ।
अपहरणकारी विमानलाई लिबिया लैजान चाहन्थे तर विमानमा पर्याप्त इन्धन नभएको भन्दै पायलटहरूले यही हालतमा लिबिया जान नसकिने बताए ।
अपहरणकारीले त्यसपछि पाकिस्तानको कराँचीमा जहाज उतारी इन्धन भर्न भने र विमान सोहीअनुसार पाकिस्तानको कराँची पुग्यो ।
यता, भारत सरकारले पाकिस्तानी सरकारलाई सम्पर्क गरी मामिलालाई हातमा लिन सहयोग गर्न आग्रह गर्यो । एक रातका लागि पाकिस्तानी विमानस्थलमा रहेको विमानका यात्री र अपहरणकारीका लागि पाकिस्तानले खाना पठाउने निर्णय गर्यो ।
अपहरणकारीको खानामा विषालू पदार्थ मिसाइएको थियो । जसका कारण अपहरणकारी बेहोस भए र यात्रुहरूलाई सकुशल भारत ल्याइयो ।
फ्रान्समा मृत्युदण्ड अन्त्य
फ्रान्समा १९ औं र २० औं शतब्दीसम्म झुण्डाएर मृत्युदण्ड सामान्य थियो । सन् १९८१ को सेप्टेम्बरदेखि भने मृत्युदण्डको सजाँय अन्त्य गरिएको थियो । अन्तिमपटक सेप्टेम्बर १० मा हमिदा जान्दोबीलाई शिर छेदन गरेर मृत्युदण्ड दिइएको थियो । उनीमाथि २१ वर्षीय एक किशोरीको हत्या गरेको आरोप लागेको थियो ।
हिग्स बोसनको अनुसन्धानमा कोशेढुंगा
सन् २००८ मा विश्वकै ठूलो अणु यन्त्र लार्ज हाड्रोन कोलाइडर (एलएचसी) बनाइएको थियो थियो । युरोपेली आणविक अनुसन्धान संगठनले बनाएको सो कोलाइडर भौतिक शास्त्रको आधारभूत अणु हिग्स बोसन पत्ता लगाउन कोशेढुंगा बनेको थियो । एलएचसीले भौतिक शास्त्रको क्षेत्रमा नै सहजता ल्याएको थियो । २७ किलोमिटर लामो सो प्रयोगात्मक यन्त्र फ्रान्स र स्वीसको बोर्डरमा थियो ।
गिनी बिसाउलेको स्वतन्त्रता
लामो समय उपनिवेश रहेको पश्चिम अफ्रिकी मुलुक गिनी बिसाउले सन् १९७४ को १० सेप्टेम्बरमा पोर्चुगलबाट स्वतन्त्र भएको थियो । गिनी बिसाउने १५औं शताब्दीदेखि पोर्चुगलको उपनिवेश थियो ।
ओपेक स्थापना
सन् १९६० मा इराकको राजधानी बग्दादमा बग्दाद सम्मेलन सुरु भएको थियो । पाँच दिन लामो सो सम्मेलनले पेट्रोल निर्यात गर्ने देशहरुको संगठन ओपेक स्थापना गर्ने निर्णय गरेको थियो । ओपेक तेल उत्पादन गर्ने देशहरुको अन्तर–सरकारी संगठन हो । इरान, इराक, कुवेत, साउदी अरेविया, भेनेजुएला ओपेकका संस्थापक सदस्य हुन् । अहिले संगठनमा १३ देश आबद्ध छन् । सदस्य राष्ट्रबीच संयोजन र तेल तथा ग्याँस नीति ल्याउनु ओपेकको मुख्य दायित्व हो ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...