एजेन्सी: अफ्रीकाली राष्ट सेनेगेलले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एससीसी) परियोजनामा आज हस्ताक्षर गरेको छ । ५५० मिलियन डलर राशीको उक्त अनुदानमार्फत सेनेगलमा विद्युत पूर्वाधारण निर्माण हुने बताइएको छ। परियोजनामार्फत १२ मिलियन नागरिक लाभान्वित हुने अमेरिकाले बताएको छ ।

एमसीसी परियोजनाबाट सेनेगलका दूरदराजका गाउँमा पनि विद्युत प्रसारण हुने अमेरिकाको दाबी छ । एमसीसीका कार्यकारी अधिकृत मोहम्मद बाहले यो परियोजनाबाट सेनेगलमा विद्यमान विद्युतको खराब परिस्थितीमा सुधार आउने उल्लेख गरेका छन् ।

एमसीसीमा हस्ताक्षर गर्नुअघि सेनेगलले अनुदान प्राप्तीसम्बन्धी केही कानूनहरुमा परिवर्तन गरेको थियो । गत जुनमा त्यहाँको संसदबाट पारित एक बिलले विद्युतमा राज्यको एकाधिकार तोड्दै निजी कम्पनीलाई पनि लगानीको बाटो खुला गरेको थियो । यो पुनर्संरचनाले विद्युत प्रसारण र वितरणमा स्वतन्त्र कम्पनीहरु आउन सक्ने आशा लिइएको छ ।

एमसीसी अनुदानमा हस्ताक्षर गरेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आज सेनेगललाई बधाई दिएका छन् ।

अर्मेनिया, बेनिन, बुर्किना फासो, काबो वर्डे, एल साल्भाडोर, जर्जिया, घाना, होण्डुरस, इन्डोनेशिया, जोर्डन, लेसोथो, मालावी, मोल्दोभा, मंगोलिया, मोरक्को, मोजाम्बिक, नामिबिया, निकारागुवा, फिलिपिन्स,  तान्जिनिया, भानुआटु,  जाम्बिया, सेनेगल लगायतका देशहरूमा एमसीसी कम्प्याक्ट लागु भइसकेको अवस्था रहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार