एजेन्सी – अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारेन्टिनमा बसेका छन् । काबुलबाट उद्धार गरिएका २४ जना भारतीयसँगै उनीहरू दुई साता क्वारेन्टिनमा बसेका हुन् ।

उनीहरूलाई नयाँ दिल्लीको भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) केन्द्रमा  क्वारेन्टिनमा राखिएको थियो ।  भारत सरकारले उनीहरुलाई दुई साताअघि अफगानिस्तानबाट उद्धार गरि नयाँ दिल्ली पुर्‍याएको थियो ।

कोभिड परीक्षणपछि २६ अगस्टमा उनीहरूलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो । कोभिड परीक्षण गर्दा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो । क्वारेन्टिन अवधिभर उनीहरू सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको थियो । 

केन्द्रले क्वारेन्टिन अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो । अहिलेसम्म केन्द्रमा बंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन् । 

केन्द्रमा अहिलेसम्म अफगानिस्ताबाट भारत फर्किएका एक सय १३ जना अनिवार्य क्वारेन्टिनमा बसेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार