एजेन्सी- बेलारुसका विपक्षी नेता ११ वर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै विपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ वर्षको कैद सजाय सुनाइएको हो ।
कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेका थिए । गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उहाँलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो ।
कोलेस्निकोवा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ ।”
लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० बर्ष जेल सजाय सुनाइएको छ । कोलेस्निकोवा, एक संगीतकारबाट राजनीतिमा आएका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...