एजेन्सी - रसियामा चार वर्षअघि बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनविदहरूले आशा गरेका छन् । हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरूले सफाइ पाउने सम्भावना बढेको छ । 

५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरूले चक्कु प्रहार गरी हत्या गरेका थिए । १९ वर्षीय क्रेष्टिना, १८ वर्षकी एन्जेलिना र १७ बर्षीय म्यारि खचतुरयानले आफ्ना निरंकुश बाबुको हत्या गरेको स्वीकारेका थिए । बारम्बार यौन दुर्व्यवहारकाे शिकार भएपछि उनीहरूले मिलेर बाबुको हत्या गरेका थिए । अभियोगीमध्येकी कान्छी छोरी म्यारि सो हत्याकाण्डपछि मानसिक समस्याबाट पीडित छन् । आफूहरूले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरूका कोही आफन्त थिएनन् ।

अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरूमाथि लागेको हत्या अभियोग पनि खारेज हुनु पर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरूले माग गरेका छन् । 

मिखाइलले छोरीहरूलाई बनाएर बारम्बार यौन दुर्व्यवहार गरेको र कर्तुतबारे कसैलाई भने हत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ । ‘बाबुले छोरीहरूमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारिका वकिलले बताए । 

तीनै जना युवतीहरू सन् २०१४ देखि दुर्व्यवहार र पोस्ट ट्रउमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरूले बताएका छन् । दूराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिजाउने, धम्की दिने र शारीरिक तथा यौन दुर्व्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।  उनीहरूका बाबु बाल दुराचारी भएको पोस्ट मार्टमको रिपोर्टमा पनि देखिएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार