इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ७ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
सन् १९७८ मा जर्जी मार्कोभको हत्या
सन् १९६९ मा बुल्गेरिया छोडेर लन्डन पुगेका बुल्गेरियाली लेखक तथा विद्रोही जर्जी मार्कोभको सन् १९८७ मा हत्या भएको थियो । लन्डनको वाटरलु ब्रि पार गर्ने क्रममा मार्कोभ एक व्यक्तिको हमलामा परेका थिए । आक्रमणको चार दिनपछि उनको मृत्यु भएको थियो । उनी बिबिसीमा समेत आबद्ध थिए ।
पानामा नहरमा हस्ताक्षर
सन् १९७७ मा अमेरिका र पानामाका सरकार प्रमुखबीच टोरिजोस कार्टर सन्धीमा हस्ताक्षर भएको थियो । सन्धीले आन्द्र महासागरलाई प्रशान्त महासागरदेखि पानामासम्म जोड्ने नहरमाथि नियन्त्रण गर्ने अधिकार प्रदान गरेको थियो । अमेरिकाले बनाएको सो नहर सन् १९०४देखि अहिलेसम्म अमेरिकाकै नियन्त्रणमा छ ।
बेलायतविरुद्ध जर्मनको हमला
सन् १९४० मा आजकै दिन जर्मनले बेलायतविरुद्ध आक्रमण गरेको थियो । ५७ दिनसम्म जर्मनको लडाकू विमान लुफ्तवाफेबाट लन्डनमा बम वर्षा भएको थियो । हमलामा २० हजार बेलायतीको मृत्यु हुनुका साथै १० लाख घरमा क्षति भएको थियो ।
तासमानियन बाघ लोप
तासमानियाली प्रजातिको अन्तिम बाघ अस्ट्रेलियाको तास्मानियामा सन् १९३६ मा मृत्यु भएको थियो । थायलासिन प्रजातिको बेन्जामिन नाम दिइएको सो बाघको मृत्यु लापरवाहीका कारण भएको जनाइएको छ । थाइलासाइन प्रजातिका बाघ सुरुमा अस्ट्रेलिया र गिनीमा पहिलो पटक देखिएका थिए । बाघ लोप हुनुमा बढ्दो अबैध शिकार प्रमुख कारण मानिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...